खोटाङ: नदीमा हराएका बालक दश दिनपछि मृत भेटिए

Posted on: 21 Jan, 2018

चिसाङ शेर्पा/माघ ७, खोटाङ । खोटाङमा नदी तर्नेक्रममा बेपत्ता भएका बालक दशदिन पछि मृत अवस्थामा फेला परेका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षिय किरण राई शनिबार फेला परेका हुन् ।

गएको पुस २७ गते विहीबार साँझ दुधकोसी र सुनकोसीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूव चढेर नदी तर्नेक्रममा बेपत्ता भएका बालक हलेसी तुवाचुङ नगरपालिका २ डिकुवाघाटमा डुंगामा ठोकिएको अवस्थामा स्थानियले फेला पारेका हुन् । 

डिकुवाघाटको डुंगा राखिने ठाउँमा तैरिएको अवस्थामा लाश भेटिएको मृतक बालकका बुबा रुद्र राइले बताए । कपडाको आधारमा खोजी गरीरहेका उनकै साथीहरुले लाशको पहिचान भएपछि संस्कार अनुसार शनिबारनै लाश दबाईएको उहाँले बताउनुभयो । मृतक बालक कक्षा ९ मा अध्ययनरत थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!