४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा नमुना बाल क्लब गठन

२ मंसिर २०७२, बुधबार ०७:५९

सन्तोषकुमार गुप्ता, मंसिर २, भालुवाङ्ग । देउखुरीको लालमटिया ८ नयाँबस्ती मसुरियामा बुधबार भएको बालबालिकाहरुको भेलाले नमुना बाल क्लब गठन गरेको छ ।

club
बाल अधिकारकर्मी बिरेन्द्र घतीृमगरको अध्यक्षतामा भएको भेलाले पेमा बुढामगरको अध्यक्षतामा १५ सदस्यीय नमुना बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको उपाध्यक्षमा सोमप्रकाश चौधरी, सचिवमा मनसिर रानामगर, सह—सचिवमा दिपेश घर्तीमगर र कोषाध्यक्षमा समझना पुनमगर रहेका छन् ।

त्यसैगरी नव गठित क्लवका सदस्यहरुमा मनि रानामगर, उराज पुनमगर, पार्वती चौधरी, शुशिला थापा, सिता घर्तीमगर, सन्तोष सुनार, सुनिल चौधरी, टेकबीर घर्तीमगर, सरिता चौधरी र उर्मिला चौधरी रहेका छन् । त्यसैगरी भेलाले क्लबको सल्लाहकारमा प्रेम बुढामगर, निमबुढामगर, दिपेन्द्र चौधरी, दलबहादुर घर्तीमगर र बिरेन्द्र घर्तीमगरलाई चयन गरेको छ ।

सोही ठाउँका बालबालिकाहरुले यस बर्षको तिहारमा देउसी भैलोबाट ३३ हजार १ सय ४२ रुपैयाँ संकलन गरेपछि संकलित रकम गाउँमै समाजिक काम गर्न बालबालिकाहरुले बाल क्लब गठन गरेको नवगठित नमुना बाल क्लबका अध्यक्ष पेमा बुढामगरले जानकारी दिए । क्लब मार्फंत नै अब समाजिक काम गर्ने उनीहरुको भनाई छ ।

भैलोबाट संकलित रकम गाउँमा सडकबत्ती जडान गर्ने अध्यक्ष बुढामगरले बताए । क्लबले बालबालिकाहरुलाई संगठित गरी उनीहरुलाई समाजिक रुपमा नेतृत्व तथा व्यक्तित्व विकास गराई बाल अधिकारका लागि जनचेतना जगाउने, बालबिबाह न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन र मासिक बाल बचत जस्ता महत्वपूर्ण काम गर्ने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ