३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

करम्दी सामुदायिक वनको मंसिर ६ गते निर्वाचन हुने

४ मंसिर २०७२, शुक्रबार १३:०३

सन्तोषकुमार गुप्ता/ मंसिर ४, भालुवाङ्ग । देउखुरी लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको नयाँ नेतृत्वका लागि मंसिर ६ गते आईतबार निर्वाचन हुने भएको छ ।

गत असोज १६ गते भएको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि आईतबार निर्वाचन हुन लागेको हो । नयाँ कार्य समिती चयनका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनका लागि अध्यक्ष मनबहादुर पुन र अध्यक्ष जगतबहादुर थापाको प्यानल चुनावी मैदानमा उत्रिएको छ । जसमा मनबहादुर पुन अध्यक्ष रहेको प्यानलको उपाध्यक्षमा तुसा विक, सचिवमा शुशिला सारु, कोषाध्यक्षमा शोभा पुनमगर, सदस्यहरुमा टिकीसरा रानामगर, लालीदेवी पुन, निमलाल जैसी, सरस्वती विक, निमबहादुर पुन, च्याउकली कुमाल, कुलबहादुर कुमाल, दिनेश परियार र रुपा पुनले उम्मेद्धारी दिएको निर्वाचन समितीका संयोजक तथा नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिए ।

त्यस्तै जगतबहादुर थापा अध्यक्ष रहेको प्यानलको उपाध्यक्षमा सरस्वती पोख्रेल, सचिवमा हर्षिता रोकामगर, कोषाध्यक्षमा मिना पुनमगर, सदस्यहरुमा ऋषिराम गिरी, गिता शर्मा, सुमित्रा कुमाल, लिलाधर दमाई, गिता सार्की, रिता भुसाल र बालिका केसीले उम्मेद्धारी दिएको संयोजक भुसालले जानकारी दिए । पुनको प्यानल १३ सदस्यीय रहेको छ भने थापाको प्यानल ११ सदस्यीय रहेको छ । गत कात्र्तिकको अन्तिम सातामा भएको बैठकले समूहको विधान अनुसार नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिती गठन गरेको थियो । जसको सदस्यहरुमा नर्ती ईलाका वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाह, नर्ती सामुदायिक वन समन्वय समितीका टंकनाथ चौधरी, छिमिकी सामुदायिक वनको तर्फबाट घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्मराज अधिकारी र करम्दी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता लिलाधर भट्टराईलाई चयन गरेको थियो ।

निर्वाचन समितीको बिहिबार भएको बैठकले मंसिर ६ गते निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । जस अनुसार मंसिर ३ गते बिहिबार नै बैठक पश्चात उपभोक्ताहरु प्रथम पटक नामावली प्रकाशन गरेको थियो । जसमा ४ सय ३५ जना घरधुरीको उपभोक्ता नामावली सार्वजनिक गरेको निर्वाचन समिती संयोजक भुसालले बताए । त्यस्तै शुक्रबार बिहान ८ बजे सम्म उपभोक्ताहरुको नामावली दावी बिरोधमा दुई जनाले आफ्नो नाम छुटेको भन्दै दावी गरेका थिए । जसमा खिमा कुमाल र सनबहादुर पुनले नामदर्ता गराए पछि उपभोक्ता मतदाता नामवली ४ सय ३७ रहेको अन्तिम नामवली निर्वाचन समितीले प्रकाशन गरेको समूहका कार्यालय सचिव तिलक अधिकारीले जानकारी दिए । त्यस्तै शुक्रबार बिहान ९ बजे उपभोक्ताहरुको अन्तिम नामवली प्रकाशन गरेको छ ।

त्यस्तै शुक्रबार नै १० बजे देखि १२ बजे सम्म उम्मेद्धारी दत्र्ताको समय अनुरुप पुन र थापाले आ—आफ्नो छुट्टाछुट्टै उम्मेद्धारी प्यानल दत्र्ता गराएका थिए । १२ बजे उम्मेद्धारहरुको प्रथम पटक नामवली प्रकाशन गरिएको कार्यालय सचिव अधिकारीले जानकारी दिए । त्यस्तै शुक्रबार नै १२ बजे देखि १ बजे सम्म उम्मेद्धार माथि दावी बिरोध, उम्मेद्धारी फित्र्ताको समय सम्म कसैले पनि उम्मेद्धारी फित्र्ता नलिए पछि २ बजे अध्यक्ष पुन र अधयक्ष थापा उम्मेद्धारी रहेको प्यानलको अन्तिम नामवली प्रकाशन गरेको निर्वाचन समिती सदस्य तथा नर्ती ईलाका वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाहले जानकारी दिए । उम्मेद्धारको अनिम नामवली प्रकाशन संगै साढे २ बजे उम्मेद्धारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको बताए । शुक्रबार साँझा ५ बजे देखि मंसिर ५ शनिबार गते राती १२ बजे सम्म चुनावी प्रचार प्रसारको समय दिएको छ भने ६ गते आईतबार बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म मतदान र सोही दिन मतदान पछि मतगणा शुरु गर्ने तथा राती नै मतपरिणम सार्वजनिक गर्ने निर्वाचन समितीले जनएको छ ।

गत असोज १६ गते भएको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समितीका लागि तीन जनाले दावी गरे पछि लामो समय सम्म पनि सहमति हुन नसके चुनावी प्रक्रिया अगाडी बढाईएको समूहका कार्यालय सचिव तिलक अधिकारीले जानकारी दिए । नयाँ कार्य समितीको अध्यक्ष पदमै मनबहादुर पुन, जगतबहादुर थापा र दुखराम सार्कीले आ—आफ्नो अडान नछोडे भन्दै दशैँ तिहार पछि निर्वाचन गर्न लागेको निर्वाचन समितीले जनाएको छ । चुनाव चिन्ह पाए लगत्तै उम्मेद्धारहरु अहिले चुनावी प्रचारमा लागेका छन् । अन्य संघ संस्थामा राजनितिक दलको समर्थन सहितको प्यानल बनाईएको भए पनि करम्दी सामुदायिक वन उपभोक्ता समूहको चुनावमा अहिले सम्म त्यस्तो कुनै प्रतिक्रिया आउको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि..