२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

भाइरल रोक्न जुम्लामा उच्च सतर्कता

२०७४, ८ माघ सोमबार ०८:२२

नन्दराम जैशी/माघ ८, जुम्ला । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले छिमेकि जिल्ला कालिकोटमा महामारीको रूप लिएपछि जुम्लामा उच्च सतर्कता अपनाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले कालिकोटसँग जोडिएको तिला गाँउपालीका र हिमा गाँउपालीकामा उच्च सतर्कता अपनाइएको बताएको छ । खुला सिमाना र सँगसँगै गाँसीएर÷छरीएका बस्तीहरुका कारण दैनिकजसो हजारौ मानिसहरु कालिकोटबाट जुम्ला आउजाउ गर्ने गरेकाले जुम्लामा पनि भाइरलको प्रकोप भित्रिनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको हो । 

कार्यालयका हेल्थ असिस्टेन किरण शर्माका अनुसार तिला र हिमा गाँउपालीका लगायत आवश्यकता अनुसार जिल्ला भरीकै स्वास्थ्य संस्थाहरुमा औषधि तथा स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको छ । 

उनले भने, ‘जिल्लामा कुनै पनि औषधि अभाब छैन, सबै स्वास्थ्य संस्थाहरुमा माहामारीको समेत औषधि पठाएका छौ, अहिलेसम्म जिल्लामा भाइरत भित्रिएको छैन, यदि भाइरल भित्रिएको खण्डमा ठुलो क्षेति हुन पाउने छैन, हामि तयारी अवस्थामा छौ’ ।

यता प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले समेत आवश्यक पूर्वतयारी थालेको छ । कुनै पनि प्रकोपजन्य माहामारी भित्रिए तत्काल रोक्नेगरी पूर्वतयारी गरीएको हो । 

प्रकोप क्षेत्रमा विशेषज्ञ चिकित्सक टोली जाँदै  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ चिकित्सक टोली कालिकोटको भाइरल प्रकोप प्रभावित क्षेत्रमा पुग्ने भएको छ । 

दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ३ बालबालिकाको ज्यान लिनुका साथै सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ नं वडामा मात्रै ८ सय १४ जना बढि बिरामी परेपछि आवश्यकता औषधि उपकरण सहित विशेषज्ञ चिकित्सक टोली त्यहाँ पुग्ने भएको हो ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले भने, ‘भाइरल प्रकोप प्रभावित क्षेत्र कालिकोटको कुन कुन ठाँउ हो, त्यहा के कस्तो समस्या छ, के के औषधि उपकरण चाहिनसक्छ र त्यहाँ कुन कुन डाक्टरहरुलाई खटाउने भन्ने बिषयमा छलफल भएको छ । हामि सोमबार साँझसम्म जसरी पनि विशेषज्ञ चिकित्सक टोली खटाउने छौ’ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध