१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

भाइरल रोक्न जुम्लामा उच्च सतर्कता

८ माघ २०७४, सोमबार ०८:२२

नन्दराम जैशी/माघ ८, जुम्ला । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले छिमेकि जिल्ला कालिकोटमा महामारीको रूप लिएपछि जुम्लामा उच्च सतर्कता अपनाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयले कालिकोटसँग जोडिएको तिला गाँउपालीका र हिमा गाँउपालीकामा उच्च सतर्कता अपनाइएको बताएको छ । खुला सिमाना र सँगसँगै गाँसीएर÷छरीएका बस्तीहरुका कारण दैनिकजसो हजारौ मानिसहरु कालिकोटबाट जुम्ला आउजाउ गर्ने गरेकाले जुम्लामा पनि भाइरलको प्रकोप भित्रिनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको हो । 

कार्यालयका हेल्थ असिस्टेन किरण शर्माका अनुसार तिला र हिमा गाँउपालीका लगायत आवश्यकता अनुसार जिल्ला भरीकै स्वास्थ्य संस्थाहरुमा औषधि तथा स्वास्थ्यकर्मीको टोलि तयारी अवस्थामा रहेको छ । 

उनले भने, ‘जिल्लामा कुनै पनि औषधि अभाब छैन, सबै स्वास्थ्य संस्थाहरुमा माहामारीको समेत औषधि पठाएका छौ, अहिलेसम्म जिल्लामा भाइरत भित्रिएको छैन, यदि भाइरल भित्रिएको खण्डमा ठुलो क्षेति हुन पाउने छैन, हामि तयारी अवस्थामा छौ’ ।

यता प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले समेत आवश्यक पूर्वतयारी थालेको छ । कुनै पनि प्रकोपजन्य माहामारी भित्रिए तत्काल रोक्नेगरी पूर्वतयारी गरीएको हो । 

प्रकोप क्षेत्रमा विशेषज्ञ चिकित्सक टोली जाँदै  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ चिकित्सक टोली कालिकोटको भाइरल प्रकोप प्रभावित क्षेत्रमा पुग्ने भएको छ । 

दुई सातादेखि फैलिएको भाइरल ज्वरोले ३ बालबालिकाको ज्यान लिनुका साथै सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ नं वडामा मात्रै ८ सय १४ जना बढि बिरामी परेपछि आवश्यकता औषधि उपकरण सहित विशेषज्ञ चिकित्सक टोली त्यहाँ पुग्ने भएको हो ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले भने, ‘भाइरल प्रकोप प्रभावित क्षेत्र कालिकोटको कुन कुन ठाँउ हो, त्यहा के कस्तो समस्या छ, के के औषधि उपकरण चाहिनसक्छ र त्यहाँ कुन कुन डाक्टरहरुलाई खटाउने भन्ने बिषयमा छलफल भएको छ । हामि सोमबार साँझसम्म जसरी पनि विशेषज्ञ चिकित्सक टोली खटाउने छौ’ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार