2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झर्नाखोला पीडित मुस्कानले निकाले ‘लाईफको टेन्सन’

माघ ८, कञ्चनपुर । कञ्चनपुरको झर्नाखोला पीडित एक युवकले ‘लाईफको टेन्सन’ नामक एक आधुनिक संगित निकालेका छन् । 

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ९ र बेल्डाँडी गाउँपालिका–१ भएर बग्ने झर्नाखोलाका पीडित गगन सिह महरा (मुस्कान)ले जीवनको तनाव अर्थात ‘लाईफको टेन्सन’ नामक गित बजारमा ल्याएका हुन् । 

उनले विपन्न मानविय जीवनको दैनिकीलाई चित्रण गर्दै संगितका माध्यमबाट पीडा पोखेका छन् । आधुनिकता संगै विपन्न, गरिब तथा पहुँच नभएका मध्यमवर्गका शिक्षिक युवा अवसरबाट बञ्चित भएको विषय उठान गरेका छन् । 

विभिन्न विश्वविद्यालयबाट डिग्री गरेपनि पावर, पहुँच पैशा बिना कहिकतै रोजगार नपाएर भौतारिएपछि घरपरिवार सबैतिर तनाव उत्पन्न हुने विषय चित्रण गरेका छन् । संगितकार कृष्णभक्त राई रहेका छन् । भने शब्द र गायक स्वयम गगन सिह 

(मुस्कान) रहेका छन् । धन सिह विष्ट र नविना मैनालीले मोडलको भूमिका निर्वाह गरेका छन् । करन सिह विष्ट, उत्तम सिह विष्ट, बिरेन्द्र मंगोला, मिस्टर आरडी लगायत युवाले उतm गितमा साथ दिएका छन् । 

गायक गगन सिह (मुस्कान)ले विभिन्न कारणबाट मानवको दुख संकट भोक्नु परेको बताउदै सोही विषयलाई गितका माध्यमबाट उठान गरेको बताए । ‘आज हरेक मानिस तनाव छ, ‘उनले भने, ‘सोही तनाव रहेको विषय उतारेको हुँ, जसबाट केही तनाव घटछ् ।’ लाईफको टेन्सन युटुबबाट समेत हेर्न सकिन्छ । तत्तकालिन सरकारले विस २०५८ सालमा शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तारका क्र्ममा रौतेलीविचुवाबाट विस्थापित महरा परिवारलाई सरकारले बेल्डाँडी गाउँपालिका १ झर्नासागरमा जमिन दिएको थियो ।

 सरकारले दिएको जमिन खोला भएका कारण महरा परिवार झर्नाखोला पीडित भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै छेउमा रहेको महराको परिवार खोलाबाट पीडित हुँदा लालपुजा हुँदाहुँदै पनि जमिन उपभोग गर्न पाएका छैनन् । भएको जमिन खोलाका कारण खेती नहुने भएपछि महरा परिवार खोला पीडित भएको हो । बाल्यकालमा समेत डेउडा गायक मुस्कान घरयासी आर्थिक अवस्था कमजोर भएपछि रोजगारीका लागि भारत गएका थिए । 

मुस्कानका भान्जाहरु उत्तम सिह विष्ट, करन सिह विष्ट, धन सिह विष्ट लगायतका आफन्तको सहयोगमा बषौँपछि संगित क्षेत्रमा पुनः देखिएका छन् । मुस्कानले झण्डै दुई दशक पहिले बगिरहनु सधै सेती र जुनेली रात नामक डेउडा गित निकालेका थिए । सानैदेखि संगित मन पराउने मुस्कान सरकारले आरक्ष विस्थापनदेखि उनको सपना चकनाचुर भएको थियो । 

गितसंगित मानिसका सारथी भएको बताउदै उनले दुखमा परेको मानिसलाई संगितका माध्यमबाट समेत सात्वना पार्न सकिने उनको भनाई छ । अवसर पाए अझै गित पाउने मुस्कानको चाहना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ