१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भाइरल प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्यकर्मी पठाउन आग्रह

९ माघ २०७४, मंगलवार ०२:४९

माघ ९, कालीकोट । भाईरल प्रभावित क्षेत्रहरुमा प्रयाप्त औषधी र स्वास्थ्यकर्मी परिचालन नभएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । 

रिपोटर्स क्लव नेपाल जिल्ला शाखा कालीकोटले सोमबार मान्ममा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

जिल्लाको मुख्य गरी खाँडाचक्र नगरपालिकाको वडा नं. २ र ४ मा माहामारीका हिसावले भाईरल ज्वरोको प्रकोप देखिए पनि नियन्त्रणका लागि पर्यात पहल नभएको बताएका छन् । 

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ४ को दलित बस्तीमा एकै परिवारका तीन/चारजनासम्म विरामी भएको र सबैले उपचार नपाएको बताए ।

उनले जिल्ला स्वास्थ्य कार्यालयले पर्याप्त रुपमा औषधीसहित स्वास्थ्यकर्मीहरु परिचालन गरी माहामारी नियन्त्रणमा रहेको भएपनि दिनानुदिन बिरामीहरुको बृद्धि भएको बताए । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीले जिल्लाका खाँडाचक्र नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका, तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा भाईरलका बिरामीहरु निकै बढे पनि स्वास्थ्यकर्मीहरु र पर्याप्त औषधि पठाईएको बताए । उनले खाँडाचक्र नगरपालिकाको अवस्था पनि सामान्य रहेको बताए ।

उनले बिरामीहरुको रोग परिक्षणका लागि नमुना काठमाडौ पठाईएको समेत जानकारी दिए । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरे, निमित्त जिल्ला प्रहरी प्रमूख निरक चौलागाई लगायतका सरोकारवालाहरुले भाईरल ज्वरोको माहामारीलाई नियन्त्रणका लागि सबै निकायसँग समन्वय भईरहेको जानकारी दिएका छन् ।

यसैबीच शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ६ मा भाईरल ज्वरोका बिरामीहरु बढ्दै गएपछि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सदरमुकाम खाँडाचक्र नगरपालिकामा भाईरलको माहामारी भईरहेका वेला शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ६ मा पनि बिरामीहरु बढेपछि स्वास्थ्य चौकी मेहेलमुुडीका प्रमूख ललितजंग बमको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको स्थानीय हेमराज बमले जानकारी दिए ।

उनका अनुसार शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ५ का वडा अध्यक्ष नरेश बम, वडा नं. ६ का वडा अध्यक्ष रंग सार्कीको पहलमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी स्थानीय नागरिकहरुले सेवा लिएका छन् । शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ६ मा भाईरल ज्वरोका बिरामीहरु बढेको भएपनि स्वास्थ्यकर्मीीहरुले उपचार गरिरहेका कारण स्थिति सामान्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार