२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भाइरल प्रभावित क्षेत्रमा औषधी र स्वास्थ्यकर्मी पठाउन आग्रह

२०७४, ९ माघ मंगलवार ०२:४९

माघ ९, कालीकोट । भाईरल प्रभावित क्षेत्रहरुमा प्रयाप्त औषधी र स्वास्थ्यकर्मी परिचालन नभएको भन्दै सरोकारवालाले चिन्ता जनाएका छन् । 

रिपोटर्स क्लव नेपाल जिल्ला शाखा कालीकोटले सोमबार मान्ममा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

जिल्लाको मुख्य गरी खाँडाचक्र नगरपालिकाको वडा नं. २ र ४ मा माहामारीका हिसावले भाईरल ज्वरोको प्रकोप देखिए पनि नियन्त्रणका लागि पर्यात पहल नभएको बताएका छन् । 

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ४ को दलित बस्तीमा एकै परिवारका तीन/चारजनासम्म विरामी भएको र सबैले उपचार नपाएको बताए ।

उनले जिल्ला स्वास्थ्य कार्यालयले पर्याप्त रुपमा औषधीसहित स्वास्थ्यकर्मीहरु परिचालन गरी माहामारी नियन्त्रणमा रहेको भएपनि दिनानुदिन बिरामीहरुको बृद्धि भएको बताए । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीले जिल्लाका खाँडाचक्र नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका, तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा भाईरलका बिरामीहरु निकै बढे पनि स्वास्थ्यकर्मीहरु र पर्याप्त औषधि पठाईएको बताए । उनले खाँडाचक्र नगरपालिकाको अवस्था पनि सामान्य रहेको बताए ।

उनले बिरामीहरुको रोग परिक्षणका लागि नमुना काठमाडौ पठाईएको समेत जानकारी दिए । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरे, निमित्त जिल्ला प्रहरी प्रमूख निरक चौलागाई लगायतका सरोकारवालाहरुले भाईरल ज्वरोको माहामारीलाई नियन्त्रणका लागि सबै निकायसँग समन्वय भईरहेको जानकारी दिएका छन् ।

यसैबीच शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ६ मा भाईरल ज्वरोका बिरामीहरु बढ्दै गएपछि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सदरमुकाम खाँडाचक्र नगरपालिकामा भाईरलको माहामारी भईरहेका वेला शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ६ मा पनि बिरामीहरु बढेपछि स्वास्थ्य चौकी मेहेलमुुडीका प्रमूख ललितजंग बमको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको स्थानीय हेमराज बमले जानकारी दिए ।

उनका अनुसार शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ५ का वडा अध्यक्ष नरेश बम, वडा नं. ६ का वडा अध्यक्ष रंग सार्कीको पहलमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी स्थानीय नागरिकहरुले सेवा लिएका छन् । शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले शान्नित्रिवेणी गाउँपालिकाको वडा नं. ६ मा भाईरल ज्वरोका बिरामीहरु बढेको भएपनि स्वास्थ्यकर्मीीहरुले उपचार गरिरहेका कारण स्थिति सामान्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते