२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

धार्मिक पुस्तक संरक्षण गर्दै राष्ट्रिय मदरसा संघ

२०७४, ९ माघ मंगलवार ०५:४२

चुरामणि अर्याल / माघ ९,  कपिलवस्तु | राष्ट्रिय मदरसा संघले यहाँ एक धार्मिक पुस्तकालय सञ्चालन गरी धार्मिक पुस्तकको संरक्षण गर्दै आएको छ ।

हरेक विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै संघले केही वर्षदेखि कृष्णनगरमा एक धार्मिक पुस्तकालय सञ्चालन गरी मदरसामा अध्ययन गरिने विषयसँग सम्बन्धित विभिन्न पुस्तक तथा लोप हुन लागेका पुराना कृति तथा ऐतिहासिक पुस्तकको संरक्षण गर्दै आएको हो । 

संघले आधुनिक सुविधासहितको पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीलाई केही सहुलियत भएको छ । विद्यालयमा विषयका सबै पुस्तक नभएमा विद्यार्थी सोही पुस्तकालयमा गई अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको राष्ट्रिय मदरसा संघका केन्द्रीय अध्यक्ष डा अब्दुल गनी अलकूफीले बताउनुभयो । पुस्तकालयमा प्रिन्ट पुस्तकदेखि सिडी÷डिभिडी तथा इन्टरनेट लाइब्रेरीको समेत सुविधा रहेको उहाँले बताउनुभयो । 

धार्मिक पुस्तकालयमा उर्दू, अरबी भाषाका साथै नेपाली, अंग्रेजी, हिन्दीलगायतका भाषामा उल्था गरिएको इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान रहेको छ । मदरसामा अध्ययन अध्यापन गराइने विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न धर्म, संस्कृति, रीतिरिवाजका बारेमा लेखिएका ऐतिहासिक पुस्तक, नेपाली शब्दकोष, विभिन्न म्यागजिनलगायतका पाठ्यपुस्तक रहेका छन् । यसका साथै अन्य विभिन्न पठन सामग्री, अरबीभाषाका मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक पत्रिकाको समेत व्यवस्था छ । 

पुस्तकालयमा उपलब्ध ऐतिहासिक र साहित्यिक एउटै किताबलाई १५ देखि २० युनिटका अलगअलग किताबसमेत रहेका छन् । पुस्तकालयमा झण्डै २५ हजार पुस्तक रहेको मदरसा संघका केन्द्रीय अध्यक्ष डा अब्दुल गनी अलकूफीको भनाइ छ । एउटै किताब १५ देखि २० हजार मूल्यका पाठ्यपुस्तसमेत पुस्तकालयमा उपलब्ध रहेको केन्द्रीय अध्यक्ष गनी अलकूफीले जानकारी दिनुभयो । 

जामिया सिराजुल उलूमले प्रदेश नं ५ मै उर्दू भाषामा ‘अल्सिराज’ नामको पहिलो मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । दशक अघिदेखि प्रकाशन गर्दै आए पनि हालै मात्र सञ्चालन गर्ने अस्थायी प्रमाणपत्र प्राप्त गर्न सफल भएको मदरसा संघका केन्द्रीय महासचिव एवं जामिया सिराजुल उलूम अलसल्फियाका प्रवक्ता मौलाना मसहूद खाँ ‘नेपाली’ले बताउनुभयो । 

मौलाना ‘नेपाली’ का अनुसार पुस्तकालयमा मदरसा कोर्षबाहेक विभिन्न पुस्तकसमेतको व्यवस्था भएकाले विद्यार्थीका साथै विभिन्न व्यक्तित्वको समेत जमघट हुने गर्छ । पुस्तकालयमा आउने पाठक, विद्यार्थीका लागि फ्रि वाइफाइ, खाजा चियाको समेत व्यवस्था रहेको मौलाना ‘नेपाली’को भनाइ छ । पुस्तकालय सबैका लागि खुला रहेकोसमेत उहाँले बताउनुभयो । उहाँले पुस्तकालयमा अध्ययन अध्यापनका लागि कुनै पनि शुल्क नलाग्नेसमेत जानकारी दिनुभयो । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको–३, लक्ष्मीनगरस्थित नेपालकै जेठो मदरसा जामिया सिराजुल उलूम अलसल्फिया स्थापनाको ११० वर्ष पार गरिसकेको छ । 

दुई हजारभन्दा बढी मुस्लिम विद्यार्थीले अध्ययन गर्दै आएको उक्त मदरसामा कोर्षका सबै पुस्तक छैनन् । यहाँका विद्यार्थी पनि विद्यालयमा नभएका विषयगत पुस्तकहरु त्यहाँ गएर अध्ययन गर्दै आएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा