११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पश्चिम नेपालकै नमुना बसपार्क दाङमा

८ मंसिर २०७२, मंगलवार ०८:३१

सन्तोषकुमार गुप्ता, मंसिर ८, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा पश्चिम नेपालकै नमुना बसपार्क निर्माणका लागि बृहत गुरुयोजना स्वीकृत भएको भएको छ । राप्ती अञ्चलको प्रवेशद्धारको रुपमा चिनिने एवम् प्यूठान, रोल्पा, अर्घाखाँचीको मुख्य केन्द्रबिन्दु तथा पूर्व पश्चिम राजमार्गको मध्यबिन्दुमा रहेको भालुवाङ्गमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निर्माणका लागि तयार गरिएको नमुना भालुवाङ्ग बसपार्क बृहत गुरुयोजना स्वीकृत भएको हो ।

map

नमुना बसपार्क निर्माणका लागि झन्डै ११ करोड सहितको बृहत गुरुयोजना स्वीकृत भएको भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीले जानकारी दिए । अत्याधुनिक प्रविधिको बसपार्क निर्माण अन्र्तगत एक प्रहरी पोष्ट, एक अग्नीनियन्त्रण केन्द्र, एक कार्यशाला(वर्कशप), एक पेट्रोलपम्प तथा पचास बढी बहुआयामिक पसलहरुको पनि योजना तयार गरिएको नगर विकास समितीका अध्यक्ष बुढाथोकी बताए । प्यूठान रोल्पा सडक खण्डको पूल्चोक तथा पुरानो भालुवाङ्ग बजारको बीच भागमा रहेको निर्माणधिन बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गर्न गुरुयोजना स्वीकृत गरिएको भालुवाङ्ग नगर विकास समितीले जानकारी दिएको छ ।

कुल १.७९ हेक्टर क्षेत्रफलमा निर्माण गरिने बसपार्कका लागि कुल लागत खर्च १० करोड ६१ लाख १३ हजार २ सय १३ रुपैयाँ १५ पैसाको अनुमानित बजेट सहितको बृहत गुरुयोजना रहेको अध्यक्ष बुढाथोकीले बताए । निर्माण गरिने अत्याधुनिक बसपार्कमा एक सय बढी विभिन्न सवारी साधन पार्क गर्न सकिने बुढाथोकीको भनाई छ । यस बर्ष अर्थात यस आर्थिक बर्षका लागि ४५ लाख रकम विनियोजन समेत भईसकेको अध्यक्ष बुढाथोकीले बताए ।

५ बर्ष भित्र निर्माण सम्पन्न गरी बस पार्क सञ्चालनमा ल्याउन गुरुयोजना संगै तयार गरिएको नक्सा समेत स्वीकृत भएको छ । यस बर्ष विनियोजित बजेटबाट प्रारम्भिक निर्माण कार्यका लागि ताराबहादुर डिसी अध्यक्ष रहेको पुरानै बसपार्क निर्माण समितीले नै गर्ने नगर विकास समितीका अध्यक्ष बुढाथोकी बताए । स्वीकृत गुरुयोजनाबाट प्रत्येक बर्ष बजेट बृद्धि भएर विनियोजित हुने बताईएको छ । आवश्यक परे बसपार्क निर्माण समिती पूर्नगठन गरिने अन्यथा पुरनै समितीलाई निर्माणको जिम्मा दिईने नगर विकास समितीले जनाएको छ ।

बिगत १० बर्ष पहिले देखि भालुवाङ्गमा बसपार्क निर्माण कार्य शुरु गरिएको भए पनि हाल सम्म कुनै सरकारी तथा गैर सरकारी निकायबाट उचित कदम नचालल्दा अहिले सम्म पनि निर्माधिन बसपार्क सञ्चालनमा आउन सकेको छैन । भालुवाङ्ग नगर विकास समितीमा विगतका समयमा विभिन्न अध्यक्षहरु आए पनि बसपार्क सञ्चालनको बिषयमा ठोस कार्यक्रम ल्याउन नसक्दा निर्माणधिन बसपार्क ओझेलमा परेको थियो ।

बसपार्क सञ्चालनमा नआउँदा अहिले पनि जथाभावी सडकका छेउछाउमा गाडी पाकिङ्ग गर्दा भालुवाङ्ग पुल्चोक बजार नै कुरुप बन्दै गएको छ । तत्कालिन भौतिक योजना तथा सहरी विकास मन्त्री डा. नारायण खड्काको पहल एवम् वर्तमान भालुवाङ्ग नगर विकास समिती अध्यक्ष ओमप्रकाश बुढाथोकीको बिशेष सक्रियतामा संयुक्त सम्भःौता पत्रमा हसताक्षण गरी भावी भालुवाङ्गको सुन्दर भविष्यको परिकल्पना संंगै भालुवाङ्गको इतिहासमा पहिलो पटक यति ठुलो बृहत गुरु योजना स्वीकृत भएको छ । हाम्रो भालुवाङ्ग सुन्दर भालुवाङ्ग भन्ने मुल नाराका साथ देशकै सुविधा सम्पन्न सुन्दर नमुना शहर बनाउने योजनाको तयारीमा समेत लागेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
भालुवाङ्ग नगर विकास समितीको बसपार्क निर्माण कार्यक्रम अन्र्तगत राजधानी काठमाडौँको इन्फर्मेसन डिजीमिनेसन ईनिसियटिभ प्रालिले निर्माणधिन भालुवाङ्ग बसपार्क स्थलको बिस्तृत सर्वे गरी यस बृहत गुरुयोजनाको नक्सा तयार गरेको हो । बसपार्कमा पानी आपुति, सडक सञ्जाल निर्माण, भौतिक संरचना निर्माण, विद्युतीय संरचना निर्माण, ज्यामीज्याला, बसपार्क स्थल विकास कार्य संरचना निर्माण तथा कन्टेनजेन्सी र भ्याटकर सहित उक्त गुरुयोजना तयार गरिएको छ ।

नेपाल सरकारले दाङ्गको अतिउपेक्षित भालुवाङ्गमा पहिलो पटक यति ठुलो रकम सहितको गुरुयोजना स्वीकृत गरेकामा भालुवाङ्गबासी हर्षित भएका छन् । बसपार्क निर्माण संगै भालुवाङ्ग बजार बृहत शहरी हुन र सुन्दर शहर बनाउन सहयोग मिल्ने उनीहरुले बताएका छन् । भालुवाङ्ग नगर विकासको यो पहलकदमी प्रति सम्पूर्ण भालुवाङ्ग पुल्चोकबासीले स्वागत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल