२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेपाली खानेतेल उद्योग संकटमा

२०७४, ९ माघ मंगलवार ०८:५५

माघ ९ , मोरङ | मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । 

पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । 

मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । 

अहिले पाँचवटा तेल उद्योगमात्र सुनसरी –मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित छन् । भारतीय बजारमा चोरी पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तोरीको तेललाई संकटग्रस्त बनाउँदै गएको अग्रवालको भनाइ छ । टिनको तेल पूर्णरुपमा मिसावटयुक्त हुनाले यहाँ उत्पादन भएका तेलभन्दा प्रतिलिटर झण्डै रु ५० सस्तो पर्छ । 

चोरी पैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगलाई संकटमा पार्दैछ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत असर पु¥याउने गरेको छ । तेल उद्योगका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सीमावर्ती बजारबाट नेपालका विभिन्न स्थानसम्म पुग्ने पाम आयल मिसाइएको अशुद्ध तेल नियन्त्रण गर्न सरोकारवाला कसैले चासो दिएका छैनन् । 

नेपालले भारतको हरियाणा, राजस्थान, युक्रेन, रुस र अष्टेलियाबाट तोरी आयात गर्दै आएको छ । नेपालमा तोरीको उत्पादन हुन छोडेपछि तेस्रो मुलुकबाट तोरी आयात गर्नु परेको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते