Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘हुम्लामा नूनको अभाव छैन’

By kit 3 मिनेट पढाइ

माघ ९, हुम्ला | साल्ट टेडिङ कर्पोरेशन लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले जिल्लामा नूनको अभाव नभएको बताउनुभएको छ ।

जिल्लामा साल्ट टेडिङसँग अहिले एक हजार २४० क्विन्टल नून मौज्दात रहेको लामाले बताउनुभयो ।

“सदरमुकामसँग पहुँच नभएका ग्रामीण भेगका केही बस्तीमा नून नपुगेको कुरा सत्य हो,” उहाँले भन्नुभयो । गतवर्ष तीन हजार ८७८ क्विन्टल नून ढुवानी गर्ने जिम्मा लिएका ठेकेदार तेजबहादुर महतले एक हजार ८२४ क्विन्टल मात्र ढुवानी गरेको उहाँले बताउनुभयो ।

“ठेकेदार महतले ढुवानी गर्न नसकेको बाँकी परिमाण बराबर नूनको रकम असुल भइसक्यो । यसबाट कर्पोरेशन घाटामा छैन,” लामाले भन्नुभयो ।

ठेकेदार महतले आफूले एक हजार ८२८ क्विन्टल नून ढुवानी गरेको र ढुवानी गर्न बाँकी नूनको रकम तिरिसकेको बताउनुभयो । जुम्ला हवाईमैदानमा करिब २०० क्विन्टल नून ढुवानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो । “मैले रु १७ लाखदेखि रु १८ लाखसम्म घाटा व्यहोरेको छु,” उहाँले भन्नुभयो । गत आवको असारमा हुम्लाका लागि दुई हजार क्विन्टल नून नेपालगञ्ज साल्टट्रेडिङबाट खरिद गरेको ठेकेदार महतको भनाइ छ । रासस