2026-09-28 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विराटनगर र काठमाडौँ फाइनलमा

प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब (टीडब्लुवाईसी) लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा भएको खेलमा धनकुटाको जनजागृति क्लब निर्धारित समयमा उपस्थित नभएपछि बिराटनगरको यातायात मजदुर युवा क्लब वाकओभर पाएर फाइनलमा पुगेको हो भने सिंहदेवी युवा क्लब, धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँको दोर्जे गियर प्रालि फाइनलमा उत्रिएको हो ।

दोर्जेकालागि जर्सी नंं १२ का दिनेश कार्कीले खेलको १८ औँ मिनेटमा पाएको पेनल्टीलाई गोलमा परिणत गरी १–० को अग्रता दिलाए । खेलको ३८ औँ मिनेटमा धनकुटाका जर्सी नं. १० का खेलाडी कर्ण लिम्बुले गरेको उत्कृष्ट गोलबाट खेल बराबरीमा आयो । तर त्यो धेरैबेर टिक्न सकेनँ । ४७ औँ मिनेटमा दोर्जेका पेट्रिक जोनले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । प्रतियोगिताको फाइनल खेल बैशाख १७ गते शुक्रबार हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ ।

गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह