२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

छाउपडी प्रथाविरुद्ध जाग्दै कालिकोटका किशोरीहरु

९ माघ २०७४, मंगलवार १६:४२

माघ ९, कालिकोट । रास्कोटका महिलाहरुले छाउपडि प्रथाविरुद्ध अभियान थालेका छन् । 

परम्परागत रुपमा रहेको छाउडि प्रथा महिला अधिकार माथिको अपमान भएको महसुस गर्न थालेपछि स्थानीय महिलाहरु नै छाउपडि प्रथाविरुद्ध लागेका हुन् । 

‘छाउपडि प्रथा कुसंस्कार मात्र होइन यो महिला अधिकार माथिको घोर अपमान पनि हो’ छाउपडि प्रथा विरुद्धको अभियानकी अभियन्ता लिला सिंम्खडाले भनिन्, ‘यो प्रथा कुसंस्कार हो भन्ने बुझेपछि महिलाहरु आफै जागरुक भएका छन् ।’

किशोरीहरुका दिन नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा कालीकोटको रास्कोट नगरपालिका साविकको स्यूना, सिपखाना र मुम्रा गाविसमा महिनावारी महिलाहरुलाई सरसफाई सम्बन्धि तालिम तथा पुनः प्रयोग गर्न मिल्ने प्याड समेत बाँडेपछि उक्त तालिम पश्चात महिलाहरु छाउपडि प्रथाविरुद्ध लाग्न थालेका हुन् । 

महिनावारी सरसफाई कार्यक्रम अन्तर्गत जिल्लाका रास्कोट क्षेत्रका शान्नित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका विभिन्न विद्यालयहरुलाई लक्षित गरी विद्यालयमा जाने किशोरी र स्थानीय महिलाहरुलाई तालिम दिइएको महिनावारी सरसफाई कार्याक्रमका कार्यक्रम संयोजक लिला सिम्खाडाले जानकारी दिईन् ।


शान्नित्रिवेणी गाउपालिकाको मुम्रा र रास्कोट नगरपालिकाको स्यूना, सिपखानाका विभिन्न स्थानहरुमा १० बर्षदेखी १८ बर्षसम्मका किशोरी तथा १८ बर्षदेखी ४५ बर्षसम्मका महिलाहरुलाई महिनावारी सरसफाई, छाउपडी प्रथा न्यूनिकरण सम्बन्धि सचेतना तथा मानव बेचबिखनबाट जोगिने उपायहरुका बारेमा प्रशिक्षण दिईएको सिंखडाले बताईन् । 

तालिम पश्चात विद्यालयमा अध्ययनरत किशोरीहरु र सथानीय आमाहरु उक्त प्रथा विरुद्ध लागेको उनले जानकारी दिइन् । यो अभियान अन्तर्गत रास्कोटका ३ हजार ८ सय जना किशोरी तथा आमाहरु लाभान्वित भएको बताइएको छ ।

महिनावारीको समयमा सरसफाई नभएर महिलाको स्वाथ्यमा गम्भीर समस्या देखिने भएकाले महिलाहरुलाई यस बिषयमा सचेत गराउन यस कार्यक्रमले सहयोग पु¥याउने उद्देश्यले तालिम दिइएको संयोजक सिम्खाडाले बताईन् । 

उनले आफुले विगतमा भोगेको पीडालाई अरु महिलाहरुले भोग्नु नपरोस् भन्ने लागेर आफुले छाउपडी प्रथा विरुद्धको अभियान थालेको बताईन् । उनीसंगै ८ जना किशोरीहरुले यो प्रथा विरुद्ध र महिनावारीको समयमा सरसफाई सम्बन्धी सहजीकरण गर्दै आएको उनको भनाई छ ।

तालिम पाएपछि स्थानिय महिलाहरुले महिनावारी भएको समयमा घरबाहिर बस्दै आएको बताउँदै अब आफु पनि महिनावारी नबार्ने र अरुलाई पनि यस सम्बन्धी सचेतना जगाउने बताएका छन् । 

महिलाहरु संगठित भएर छाउपडी प्रथा न्यूनिकरण सम्बन्धि अभियान नै थाल्ने रास्कोट नगरपालिका वडा नं. २ सिपखानाकी शुक्ला सिंम्खाडाले बताईन् । उनले अब गाउँका सबै महिलाहरुलाई संगठित गरेर आफ्नो वडालाई नै छाउपडी मुक्त वडाका रुपमा घोषणा गरिने बताईन् ।

महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा पर बनाइएको छाउगोठमा बस्न लगाइन्छ । यो प्रथा कालीकोटका साथै सुदूरपश्चिममा अहिले पनि विद्यमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य