२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमको समीक्षा

९ माघ २०७४, मंगलवार १६:५१

माघ ९, कालिकोट । जिल्ला स्वास्थ्यकार्यालय कालिकोटले शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तथा बृहत पोषण कार्यक्रमको कार्यान्वयन र उपलब्धी सम्बन्धी एक अन्तरक्रिया सम्पन्न गरेको छ । 

हरेक बालबालिकाको राम्रो स्याहार पोशिलो आहार स्वच्छ व्यवहार, हुर्कन पाउनु सबैको मौलिक अधिकार, निःशुल्क पाइन्छ कुपोषणको उपचार भन्ने मुल नाराका साथ उक्त अन्तरक्रिर्या गरेको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोग कामना हेल्थ नेपालको प्राविधीक सहयोगमा सञ्चालित शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका बारेमा समीक्षा गरिएको हो । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीको अध्यक्षतामा भएको थियो । कामना हेल्थ नेपाल कालिकोटका जिल्ला संयोजक बिशाल भण्डारीले कालिकोटमा ६ देखी ५९ महिना सम्मका  १४ हजार ८० जना कडा कुपोषित बालबच्चा फेला परेको जानकारी दिए ।

उनका अनुसार कालिकोट जिल्लामा सबै भन्दा बढी पलाता गाउँपालिकामा कुपोषणको समस्या रहेको छ । चालु बर्षको ५ महिनामा १ सय ७० जना कडा कुपोषित बालबच्चा भेटिएको बताइएको छ । गत बर्ष कालिकोटमा ३ जना बालबालिकाको मृत्यु भएको थियो भने बर्षमा बालबालिकाको मृत्यु नभए पनि बिरामीहरु कम नभएको बताइएको छ ।

कार्यक्रमा जिल्ला समन्वय समितीका प्रतिनिधि अनिल मल्ल,  खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, डा. सुवास शर्मा, तिलागुफा नगरपालिकाका मेयर रतनबहादुर शाही, कामना हेल्थ नेपालका डा. श्यामलाल उप्रेती, पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य