माघ १०, काठमाडौं | बुधबारको मौषम एक्कासी बदली भई देशका अधिकांश भूभागमा बिहानैदेखि हल्का वर्षा भएको छ । काठमाडौँको आकाश बादलले धुम्म ढाकेपनि बिहान भने हल्का बर्षा भएको थियो ।
देशका कतिपय जिल्लाहरुमा हिउँ तथा वर्षासँगै असिना परेको जानकारी छ भने केहि स्थानमा अहिले पनि हल्का बर्षा जारी छ । आज परेको बर्षासँगै देशभर बिस्तारै जाडो घट्ने अनुमान गरिएको छ । दिनको समयमा गर्मि हुन थालिसकेको भएपनि तराईमा भने अझै सितलहर जारी छ ।
हल्का बर्षाको कारण काठमाडौँको धुलाम्य सडक र धुलोयुक्त अवस्थामा जनताले राहत पाएका छन् ।