Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जडीबुटी चोरी, निकासी बढ्यो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १०, जाजरकोट | यहाँको वारेकोट गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनमा जडीबुटी चोरी–निकासी बढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाए पनि भित्रभित्रै चोरी बढेको हो ।

पटक–पटक चोरी–निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीय व्यापारीबाट लुकिछिपी चोरी–निकासी रोकिएको छैन ।

जुम्लाका व्यापारीको मिलेमतोमा यहाँका हिमालबाट चोरी–निकासी बढेको छ । वारेकोट गाउँपालिका–४ का सबै हिमालमा जडीबुटी चोरी–निकासी बढेको हो । काँडामासी, भुत्ले, खिराङलो, चुक, पाँचऔले, लसुन, तीतेपाती लगायतका जडीबुटी चोरी–निकासी भएको छ ।

स्थानीय व्यापारीले कामदार नै लगेर चोरी–निकासीका लागि संकलन तथा निर्यात गरिरहेका छन् । हिमालमा ४०० भन्दा बढी पाल राखेर चोरी–निकासी भइरहेको स्थानीयवासी कालीबहादुर बोहराले बताउनुभयो ।

स्थानीय व्यापारीबाट चितुवा, बाघ, भालु, मृग तथा विभिन्न वन्यजन्तुसमेत चोरी–शिकारी यही ठाउँबाट भइरहेको छ । जुम्लाको सिमानामा भएका कारण निगरानी गर्न समस्या भएको छ । सामुदायिक वनका केही सदस्यको मिलेमतो समेत रहेको बताइएको छ । रासस