पढ्न करिब 2 मिनेट लाग्छ

मनिषा राई/माघ १०, रोल्पा । रोल्पाको उत्तरी भेगमा हिमपात भएको छ । जलजला पहाड आसपासका क्षेत्रमा हिमपात भएको छ, जसका कारण जनजीवन प्रभावित भएको बताइएको छ ।

राती परेको पानीका कारण माडी गाउपालिकासहित अन्य क्षेत्रमा समेत चिसो बढेको छ । माडी गाउपालिका १ साविकको ओट ४ काटेमा रातीको हावाहुरी संगै परेको पानीले बिजुलीको पोल ढालेको छ । जसको कारण बिधुत अवरुद्ध भएको त्यहाबाट बिर बिक्रम पुनमगरले बतउानयभो ।

त्यसैगरी पुर्वी रोल्पाको सुनछहरी गाउपालिकाको सुनछहरी गाउपालिकाको सेरमको तिलाचन तारेधुरी, रौनेधुरी, जैमाकसलाको बजुधुरी, गामको माथिल्लो भेग तिर हिउँ परेको छ । हिउँ जमेको हुदा जाडो बढ्न थालेकाले घर बाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् ।

एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित हुने भएकाले सचेत रहन जिल्ला अस्पताल रोल्पाले सुझाव दिएको छ । चिसोका कारण निमोनिया, रुघाखोकी, ज्वरो जस्ता समस्याहरु आउने हुदा सबैमा स्वास्थको ख्याल गर्न जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले आग्रह गरेको छ ।

साथै चिसोको समयमा खानपिनमा पनि बिशेष ध्यान दिनुपर्ने हुनाले प्याक गरीएको खानेकुराहरु नखान, लामो समयसम्म बाहिर ननिस्कन, तातो तातो कपडा लगाउन, झोलिलो पदार्थ प्रशस्त पिउन पनि सबैमा आग्रह गरीएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुल वहादुर डागीले आग्रह गर्नुभएको छ ।

साथै लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका रोल्पाका किसानलाई भने गए रातीको पानीले धेरै राहत पुर्याएको छ । पानी र बाक्लो हिउँले बालीनालीमा हरितपन साथै गाउँघर सेताम्य बनेपछि किसानहरु बालिनाली सप्रिने आशले खुसी भएका छन् ।

पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जाने मौसमविद विभुति पोखरेलले बताउनुभयो ।