२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको हवाई सेवा नियमित हुने संकेत

२०७२, ११ मंसिर शुक्रबार ०९:१८

goma airसन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । ईन्धन अभावको कारण देखाउँदै अनियमित भएको दाङको हवाई सेवा पुनः नियमित हुने संकेत देखिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन हुँदै आएको हवाई सेवा पुनः नियमित रुपमा सञ्चालन गर्ने तयारी गरेको गोमा एअरका म्यानेजिङ डाइरेक्टर मनोज कार्कीले बताएका छन् ।

१० मंसिर बिहीबार आफ्नै उडानमार्फत् तुलसीपुर बिमानस्थल आउनुभएका कार्कीले तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग कुरा गर्दै नयाँ सहमतिमार्फत् पुनः नियमित उडानका लागि आफू तयार रहेको उनले बताए । कार्कीले पुरानो सहमति ३ महिना रहेको र सो सकिएको हुँदा अब नयाँ सहमति अनुसार हप्तामा २ उडान भर्नका लागि आफूहरु तयार रहेको जानकारी दिए ।

उनले हवाई इन्धन अभावका कारण भाडामा केही बृद्धि भए पनि पुनः ईन्धन सहज भए पुरानै भाडामा उडान भर्ने बताए । भेटका क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले आफुहरुले गरेको सहमति सकिएको र अब नयाँ सहमतिका साथ उडान भर्नका लागि आफुहरुको पूर्ण सहयोग रहने बताए ।

उनले आफुहरुले पहिले लिएको ७ वटा टिकटको जिम्मा भने लिन नसक्ने प्रष्ट पार्र्दै उडानका लागि अन्य सहयोग भने गर्न तयार रहेको बताए । यसैबीच ईन्धन अभावका कारण काठमाण्डौ दाङ हवाई भाडामा बृद्धि भएको छ ।

दाङको तुलसीपुरबाट उडान भर्ने एकमात्र गोमा एअरले इन्धन अभाव भन्दै काठमाण्डौबाट दाङ आउँदाको भाडा बृद्धि गरी झण्डै ११ हजार पुर्याएको छ । यसअघि काठमाण्डौदेखि तुलसीपुरको भाडा ८ हजार थियो । तर, पछिल्लो समय इन्धनको अभावलाई देखाएर काठमाण्डौबाट दाङ सम्म आउन हवाइ भाडा ११ हजार कायम गरिएको छ ।

यता दाङबाट काठमाण्डौ जाँदा भने ८ हजार ५ सय भाडा कायम गरिएको छ । एउटै रुट भए पनि काठमाण्डौबाट दाङ आउने र दाङ देखि काठमाण्डौ जाने यात्रुहरुका बीचमा झन्डै साढे तीन हजारको भाडा अन्तर पारिएको छ ।

गत जेठ १४ यता हप्तामा दुई दिन सोमबार र बिहीबार उडान भर्दै आएको गोमा एयरले यो बीचका केहि उडानहरु रद्ध गरेको थियो । कार्तिक १९ गतेपछि बिहीबार मात्रै उक्त एयरले दाङमा उडान गरेको हो ।

दाङको एक मात्रै एयरपोर्टमा हवाई सेवा सञ्चालनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्य संघले ७ वटा टिकेटको जिम्मा लिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते