२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

ठगी गर्ने एक समूह रुपन्देहीबाट पक्राउ

२०७४, १० माघ बुधबार १०:५८

माघ १०, लुम्बिनी | भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । 

नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवा युवतिबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो । 

प्रहरी प्रवत्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताउनुभयो । उक्त समूह रु आठ हजारदेखि रु तीन लाखसम्म रकम असुलेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखौ रकम असुलेको निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट रु एक करोड ५२ लाख बिगो माग गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा