२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ७२ हजार लिटर इन्धन वितरण

२०७२, ११ मंसिर शुक्रबार ०९:३३

oil bitaranसन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । दाङमा आज शुक्रवार विहानबाट पेट्रोलियम पदार्थको वितरण शुरु गरिएको छ ।

पेट्रोल आउने खबर पाएलगतै जिल्लाका पम्पहरु अगाडि मोटरसाईकल र ठूला सवारी साधनको लामो लाइन लागेको छ । लाईनमा बसेका धेरैले तेल भर्न रातभर जाग्राम बसेको बताएका छन् ।

जिल्लामा मंसिर ३ गते पछि एक हप्ताको अन्तरालमा ५२ हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल भित्रिएपछि वितरण शुरु गरिएको हो । नेपाल आयल निगमको राप्ति अंचल कार्यालय तुलसीपुरका अनुसार दाङमा भित्रिएको पेट्रोलमध्ये तुलसीपुरमा ८ हजार लिटर, घोराईमा ८ हजार लिटर र नारायणपुरमा ४ हजार लिटर वितरण सुरु भएको हो ।

तुलसीपुरको राप्ती पेट्रोल पम्प र हाम्रो पहूँच पेट्रोल पम्पवाट पेट्रोल वितरण शुरु भएको छ । त्यस्तै नारायणपुरको तीर्थ पेट्रोल पम्पवाट वितरण शुरु गरिएको छ भने घोराहीमा अरुणोदय र केएसएम पेट्रोल पम्पवाट वितरण भइरहेको अंचल कार्यालय तुलसीपुरले जानकारी दिएको छ । डिजेल भने तुलसीपुरमा राप्ती, मृणाल, सुर्य भ्याली, तुलसी पेट्रोल पम्मबाट वितरण गरिएको छ ।

त्यस्तै पश्चिमको हापुरे स्थित राम पेट्रोल पम्पलाई पनि ६ हजार लिटर डिजेल वितरणका लागि दिइएको आयल निगम कार्यालय राप्तिका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै घोराहीमा अरुणोदय, मनकामना डिके, निखिल, बवि, योगी लगायतका पम्पहरुवाट २८ हजार लिटर डिजल वितरण गरिएको कार्यालयले जनाएको छ। जिल्लाका अधिकाँस पम्पहरुले डिजल रातभर वितरण गरिसकेका छन् ।

इन्धन अभाव भएसंगै दाङका लागि आउने इन्धनमध्यबाट ७५ प्रतिशत काठमाडौं पठाउने गरिएको छ । त्यसमध्यको २५ प्रतिशत मात्रै दाङमा पठाउनुले जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार हुन पुगेको आयल निगम कार्यालय तुलसीपुरका प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर