२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा ७२ हजार लिटर इन्धन वितरण

११ मंसिर २०७२, शुक्रबार ०९:३३

oil bitaranसन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । दाङमा आज शुक्रवार विहानबाट पेट्रोलियम पदार्थको वितरण शुरु गरिएको छ ।

पेट्रोल आउने खबर पाएलगतै जिल्लाका पम्पहरु अगाडि मोटरसाईकल र ठूला सवारी साधनको लामो लाइन लागेको छ । लाईनमा बसेका धेरैले तेल भर्न रातभर जाग्राम बसेको बताएका छन् ।

जिल्लामा मंसिर ३ गते पछि एक हप्ताको अन्तरालमा ५२ हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल भित्रिएपछि वितरण शुरु गरिएको हो । नेपाल आयल निगमको राप्ति अंचल कार्यालय तुलसीपुरका अनुसार दाङमा भित्रिएको पेट्रोलमध्ये तुलसीपुरमा ८ हजार लिटर, घोराईमा ८ हजार लिटर र नारायणपुरमा ४ हजार लिटर वितरण सुरु भएको हो ।

तुलसीपुरको राप्ती पेट्रोल पम्प र हाम्रो पहूँच पेट्रोल पम्पवाट पेट्रोल वितरण शुरु भएको छ । त्यस्तै नारायणपुरको तीर्थ पेट्रोल पम्पवाट वितरण शुरु गरिएको छ भने घोराहीमा अरुणोदय र केएसएम पेट्रोल पम्पवाट वितरण भइरहेको अंचल कार्यालय तुलसीपुरले जानकारी दिएको छ । डिजेल भने तुलसीपुरमा राप्ती, मृणाल, सुर्य भ्याली, तुलसी पेट्रोल पम्मबाट वितरण गरिएको छ ।

त्यस्तै पश्चिमको हापुरे स्थित राम पेट्रोल पम्पलाई पनि ६ हजार लिटर डिजेल वितरणका लागि दिइएको आयल निगम कार्यालय राप्तिका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै घोराहीमा अरुणोदय, मनकामना डिके, निखिल, बवि, योगी लगायतका पम्पहरुवाट २८ हजार लिटर डिजल वितरण गरिएको कार्यालयले जनाएको छ। जिल्लाका अधिकाँस पम्पहरुले डिजल रातभर वितरण गरिसकेका छन् ।

इन्धन अभाव भएसंगै दाङका लागि आउने इन्धनमध्यबाट ७५ प्रतिशत काठमाडौं पठाउने गरिएको छ । त्यसमध्यको २५ प्रतिशत मात्रै दाङमा पठाउनुले जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार हुन पुगेको आयल निगम कार्यालय तुलसीपुरका प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य