Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पामा एकाबिहानै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ११, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ । रासस