१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवाताल संरक्षण गर्न प्रदेशसभामा प्रस्ताव लगिने

११ माघ २०७४, बिहीबार ०३:४५

माघ ११, पोखरा । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताउनुभएको छ । 

बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय, प्रदेश एवं केन्द्र सरकारको संयुक्त प्रयास एवं सरोकारवाला निकायको सहभागितामा फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने बताउनुभयो । 


दिनप्रतिदिन फेवाताल साँघुरिँदै जानुका साथै प्राकृतिक एवं मानवीय अतिक्रमणको शिकार बनेको बताउँदै उहाँले यसलाई बचाउन हर्पन खोलामा चेक ड्याम निर्माणका साथै जग्गाको वास्तविक सीमाङ्कन गर्नुपर्ने उल्लेख गर्नुभयो । 

फेवातालको संरक्षणका लागि करिब रु छ अर्ब लाग्ने देखिएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय गौरवको स्थलका रुपमा संरक्षण एवं विकास गर्नुपर्ने बताउनुभयो । 

प्रतिवर्ष एक लाख ४२ हजार मेट्रिक टन माटो तथा झारपातजन्य वस्तु थुप्रिन जाँदा फेवाताल पुरिँदै गएको बताउँदै उहाँले यस क्रमलाई रोक्न नसके आगामी ३० वर्षमा नै तालको अस्तित्व नै समाप्त हुने खतरा रहेको उल्लेख गर्नुभयो । 

प्रदेशसभाको पहिलो बैठकमा नै फेवातालको संरक्षणको विषयलाई सार्वजनिक महत्वको प्रस्तावका रुपमा लैजाने बताउँदै उहाँले भन्नुभयो, “मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना हटाउन महानगरपालिकाले पहल गर्नुपर्छ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार