१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सही तरिकाबाट सूचना प्रवाह भएमात्र लोकतन्त्र मजबुत हुन्छ: आयुक्त

११ माघ २०७४, बिहीबार ०५:५७

माघ ११, इनरुवा | प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सुनसरीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

इनरुवामा बुधबार सूचना आयोगले आयोजना गरेको सूचनाको हक विषयको अन्तरक्रियामा उहाँले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि आग्रह गर्नुभयो । 

उहाँले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताउनुभयो । उहाँले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

राससकर्मी झासहित सात पत्रकार सम्मानित 

यसैबीच, मधेस आन्दोलन र नागरिकको अधिकारका लागि सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति(रासस)का इनरुवा समाचारदाता अजितकुमार झासहित सात पत्रकारलाई सम्मान गरिएको छ । 

१६औँ गजेन्द्रनारायण स्मृति दिवस तथा मधेस बलिदानी दिवसको अवसरमा बुधबार सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा राष्ट्रिय जनता पार्टीले झासहितका पत्रकारलाई सम्मान गरेको हो । 

सम्मानित हुने पत्रकारमा ‘गोरखापत्र दैनिक’का इनरुवा समाचारदाता जयकृष्ण यादव, ‘पपुलर एफएम’का स्टेसन म्यानेजर प्रकाश मेहता, ‘एभिन्युज टेलिभिजन’का कृष्ण भट्टराई 'जुनेली', ‘मकालु टेलिभिजन’का अमर काफ्ले, ‘वर्णमाला दैनिक’का राजेन्द्र पोखरेल र ‘प्रतिक्षण दैनिक’का इक्वाल अहमद हुनुहुन्छ । 

सोही अवसरमा मधेश आन्दोलनका घाइतेलाई पनि सम्मान गरिएको थियो । मधेस आन्दोलनमा घाइते भएका लालमोहर यादव, सभापैद यादव, अमरलाल यादव, हरिगोविन्द यादव, लगायतलाई ४३ जनालाई सम्मान गरिएको आयोजक संस्थाका संयोजक रामनारायण यादवले जानकारी दिनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार