२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सही तरिकाबाट सूचना प्रवाह भएमात्र लोकतन्त्र मजबुत हुन्छ: आयुक्त

२०७४, ११ माघ बिहीबार ०५:५७

माघ ११, इनरुवा | प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सुनसरीका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 

इनरुवामा बुधबार सूचना आयोगले आयोजना गरेको सूचनाको हक विषयको अन्तरक्रियामा उहाँले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि आग्रह गर्नुभयो । 

उहाँले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताउनुभयो । उहाँले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

राससकर्मी झासहित सात पत्रकार सम्मानित 

यसैबीच, मधेस आन्दोलन र नागरिकको अधिकारका लागि सञ्चारमाध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै राष्ट्रिय समाचार समिति(रासस)का इनरुवा समाचारदाता अजितकुमार झासहित सात पत्रकारलाई सम्मान गरिएको छ । 

१६औँ गजेन्द्रनारायण स्मृति दिवस तथा मधेस बलिदानी दिवसको अवसरमा बुधबार सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा राष्ट्रिय जनता पार्टीले झासहितका पत्रकारलाई सम्मान गरेको हो । 

सम्मानित हुने पत्रकारमा ‘गोरखापत्र दैनिक’का इनरुवा समाचारदाता जयकृष्ण यादव, ‘पपुलर एफएम’का स्टेसन म्यानेजर प्रकाश मेहता, ‘एभिन्युज टेलिभिजन’का कृष्ण भट्टराई 'जुनेली', ‘मकालु टेलिभिजन’का अमर काफ्ले, ‘वर्णमाला दैनिक’का राजेन्द्र पोखरेल र ‘प्रतिक्षण दैनिक’का इक्वाल अहमद हुनुहुन्छ । 

सोही अवसरमा मधेश आन्दोलनका घाइतेलाई पनि सम्मान गरिएको थियो । मधेस आन्दोलनमा घाइते भएका लालमोहर यादव, सभापैद यादव, अमरलाल यादव, हरिगोविन्द यादव, लगायतलाई ४३ जनालाई सम्मान गरिएको आयोजक संस्थाका संयोजक रामनारायण यादवले जानकारी दिनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते