२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सर्वोदयमा शिक्षकको विदाई तथा सम्मान

२०७२, १२ मंसिर शनिबार ०३:११

ओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । सर्वोदय उच्च माध्यामिक विद्यालय सिसहनियाँमा अध्यापनरत शिक्षक खुबीराम आचार्य लाई शुक्रवार एक कार्यक्रमका बीच विद्यालयले विदाई तथा सम्मान गरेको छ ।

६० वर्ष उमेर हदका कारण अनिवार्य अवकास लिए पछि विद्यालयले उहाँलाई फुलमाला र टिका लगाई विदाई गर्नुका साथै लामो समय देखि पठनपाठनको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै कदरपत्र सहित दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

शिक्षक आचार्यले २० वर्षको उमेरमा रुकुमको रुक्मेली उच्च मा.वि बाट अध्यापन पेशा सुरु गरि राप्ती अञ्चलका ८ ओटा मा.वि र उच्च मा.विमा अध्यापन गराउनु भयो भने कर्णाली अञ्चलका २ ओटा विद्यालयमा पनि अध्यापन गराउनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवम् विद्यालयका प्राचार्य निर्मल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले विदाई भएर जान लाग्नुभएका शिक्षक आचार्यले विद्यालयमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए ।

विद्यालयका पुर्व प्राचार्य कृष्णप्रसाद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष तुलाध्वज मल्ल, विद्यालय व्यवस्थापन समितिका सदस्य छविलाल वि.एम, पत्रकारहरु धर्मराज बैरागी, ओमप्रकाश गुप्ता, सम्मानित शिक्षक खुबीराम आचार्य र शिक्षक गोविन्द के.सी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक चिरञ्जिवी अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते