2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बाजुराको जोखिम बस्तीको सर्वेक्षण

माघ ११, बाजुरा | शहरी तथा भवन डिभिजन कार्यालय डोटीले बाजुराका नौ स्थानीय तहका साविकका अधिकांश गाविसमा बस्ती विकास कार्यक्रमका लागि पहिलो चरणको सर्वेक्षण गरेको छ । 

जोखिममा रहेका गाउँपालिका तथा नगरपालिकाका साविकका गाविस पहिरो गएका र उक्त स्थानमा बस्न योग्य नभएका कारण सरकारले जोखिममा रहेका बस्ती सार्नका लागि पहिलो चरणको सर्वेक्षण गरिएको शहरी तथा भवन डिभिजन कार्यालय डोटीले जनाएको छ । 

बस्ती विकास भवन सर्वेक्षणका लागि तीन वटा टोलीले जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकाका वडाको अवस्था र जोखिमका बारेमा छलफल गरिएको शहरी डिभिजन कार्यालय बाजुराका सवइन्जिनियर शंकर खड्काले बताउनुभयो । 

उहाँले सर्वेक्षणका क्रममा भौतिक सामाजिक आधारभूत तथ्यांक संकलन, आयआर्जन, खनिज पदार्थको सम्भाव्यता अध्ययन र सर्वेक्षण गरिएको बताउनुभयो । सर्वेक्षणमा छरिएर रहेका बस्ती एकीकृत गर्नका लागि स्थानीयवासीको स्वामित्वमा रहेका जग्गा सानो र सिँचाइको सुविधा नभएको पाइएको छ, खड्काले भन्नुभयो । 

भवन उत्तरी भेगका रुगिन, विच्छ्या, वाई, जुकोट, साप्पाटा, गोत्री, कोल्टी, बाँधु साविकका गाविसमा भौगोलिक अवस्थाबारेमा सर्वेक्षण गरिएको छ । यस्तै दहकोट, मार्तडी, जुगाडा, ब्रह्मतोला, कैलाशमाण्डौ, तोली, छतारा, कुल्देवमाण्डौ, काँडा, डोगडी, गुदुखाती, आटिचौर गाविसको अवस्था र बस्ती सार्ने उपयुक्त ठाउँको बारेमा पहिलो चरणमा सर्वेक्षण गरिएको डिभिजन कार्यालय डोटीको भनाइ रहेको छ । 

जोखिममा रहेका बस्ती सर्वेक्षणका केही ठाउँ छुटेका कारण अझै सर्वेक्षण गर्न बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । उहाँले जुन बस्ती बढी जोखिममा छ त्यही बस्ती तत्काल सार्न सर्वेक्षण छिटो गर्नुपर्ने बताउनुभएको छ । जिल्ला नै पहिरोको उच्च जोखिममा रहेकाले सदरमुकाम मार्तडी बजारबाहेकका अन्य ठाउँ सार्नुपर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ