२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्ष जनशक्ति अभावले पुल निर्माणमा समस्या

११ माघ २०७४, बिहीबार १०:३३

रमेश लम्साल / माघ ११, काठमाडौँ | सरकारले नयाँ निर्माण भइरहेका राजमार्गमा धमाधम पुल निर्माण गर्ने योजना अगाडि सारे पनि जनशक्तिको अभावमा प्रभावकारी काम हुन सकेको छैन । 

निर्माण भइरहेका र अब निर्माणको तयारीमा रहेका दुई हजारभन्दा बढी पुल निर्माण गर्न जनशक्तिको अभाव देखिएको छ । सडक विभाग मातहतको पुल महाशाखाका अनुसार दक्ष जनशक्ति उपलब्ध नहुँदा निर्माण व्यवसायीले पालो कुरेर कामदार लैजानुपर्ने अवस्था छ । 

हाल देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न बजेटसँगै दक्ष जनशक्तिको अभाव छ । बाँकी रहेका एक हजार १०० भन्दाबढी पुलको अवस्था पनि उस्तै छ । पुल विभागका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यका अनुसार ज्यामीको काम गर्ने जनशक्ति पाइए पनि जोखिमपूर्ण काम गर्ने र प्राविधिक ज्ञान भएका जनशक्ति पाउन समस्या छ । 

महाशाखाले रु ६२ अर्ब बराबरको पुल निर्माणका लागि ठेक्का लगाएको छ । बजेट र जनशक्ति अभावका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ । प्राविधिक ज्ञान भएका जनशक्ति अवसरको खोजीमा विदेश जाने प्रवृत्ति बढेको छ । सुगम स्थानमा सहजरुपमा जनशक्ति प्राप्त भए पनि दुगर्ममा अझ बढी समस्या देखिएको विभागको बुझाइ छ । 

सामान्यताः एउटा पुल निर्माणमा न्यूनतम १५ देखि अधिकतम ३० जनासम्म दक्ष जनशक्तिको आवश्यकता पर्दछ । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षमा सबै पुल निर्माण गरिसक्नुपर्ने हुन्छ । विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापा बजेटसँगै जनशक्ति चुनौतीको विषय बनेको बताउनुहुन्छ । 

जनशक्ति अभावका कारण चार वर्षे ठेक्का पूरा हुन दश वर्षसम्म लाग्ने गरेको छ । लागत बढ्नुका साथै जनस्तरबाट विरोध हुने गरेको छ । नयाँ नयाँ सडक बनिरहेको, सोही आधारमा पुलको माग बढिरहेको छ । उपमहानिर्देशक थापाका अनुसार चालू आवमा ५० वटा पुल निर्माण सम्पन्न हुने छन् । 

झोलुंगे पुल निर्माणमा पनि उस्तै 

मोटर चल्ने पुलमा मात्रै नभई झोलुंगे पुल निर्माणमा पनि जनशक्तिको अभाव देखिएको छ । स्थानीय विकास मन्त्रालय मातहतको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार देशभर नै तुइन विस्थापनका लागि युद्धस्तरमा काम भइरहेको भए पनि ‘पुल फिटर’ को अभाव रहेको छ । 

सरकारले चालू आवभित्र सबै तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण गर्ने घोषणा गरिरहँदा दुर्गम क्षेत्रमा निर्माण गरिने झोलुंगे पुल निर्माणमा सामान्य मजदूरदेखि प्राविधिक जनशक्ति पाउन मुस्किल छ । डिभिजनका प्रमुख गुरुप्रसाद शर्माका अनुसार हाल देशभर १७१ वटा तुइन पहिचान गरी त्यसलाई विस्थापन गरेर झोलुंगे पुल निर्माण गर्ने कार्य अगाडि बढाइएको छ । हालसम्म जिल्ला समन्वय समितिले ४५ वटा तुइन विस्थापन गरिसकेको छ । 

दुर्गम क्षेत्रमा झोलुंगे पुल निर्माणका लागि जनशक्तिको अलावा निर्माण सामग्रीको समस्या छ । नेपालमा हाल परम्परागत तवरले मानिसले नै तार तानेर झोलुंगे पुल निर्माण गरिने गरिएको छ । नयाँ प्रविधि तथा तार तान्ने मेशिनसमेत ल्याउन नसकिएको शर्मा बताउनुहुन्छ । 

“लामा खोच भएका स्थानमा झोलुंगे पुल निर्माण गर्नु युद्ध जिते जस्तै हुन्छ” उहाँले भन्नुभयो “हामीले अत्याधुनिक प्रविधि भित्र्याउनु जरुरी छ । सरकारले तुइन विस्थापनका लागि चालू आवमा सरकारले रु १६ करोड बजेट विनियोजन गरेको छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल