२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तर

२०७४, ११ माघ बिहीबार ११:३३

माघ ११, पाल्पा | पाल्पामा ५९ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्रहरु सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको हो । 

जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाहुँ गाउँपालिका र रम्भा गाउँपालिकामा गरी ५९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । 

रैनादेवी छहरा गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामुदायिक स्वास्थ्य एकाइ, रिब्दिकोट गाउँपालिकामा सात वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य एकाइ र रामपुर नगरपालिकाको रामपुर अस्पताल, तानसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल पाल्पा गरी २१ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बाँकी रहेका गाउँपालिकामा पनि अब छिट्टै कार्यालयले स्वास्थ्य संस्था हस्तान्तरण गर्ने क्रममा रहेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते