२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बैद्य माओवादीद्वारा भारतीय हस्तक्षेप बिरुद्ध दाङ्गमा बिरोध सभा

२०७२, १२ मंसिर शनिबार ०३:१९

baidya maoist dang copyसन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । मोहन बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरुले भारतले नेपाल माथि ठाडो हस्तक्षेप गरेको भन्दै दाङको घोराहीमा बिरोध सभा गरेका छन् । उनीहरुले देशभित्रका शासकहरुका कारण भारतले घोषित रुपमै हस्तक्षपकारी भुमिका खेलेको बताएका हुन् ।

दाङको घोराहीस्थित तुलसीपुर चोकमा भएको अघोषित नाकाबन्दीको बिरोधमा आयोजित सभामा केन्द्रीय नेताहरुले नेपाललाई स्वाधिन र स्वतन्त्र बनाउन सम्पूर्ण नेपालीहरु एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखेका छन् । अहिले भारतले विभिन्न वहानामा नेपाल माथि हस्तक्षेप गरेको भन्दै सन् १९५० लगायतका असमान सन्धी सम्झौताहरु खारेज गरिनुपर्ने नेताहरुले माग गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका थारुवान राज्य संयोजक एवं केन्द्रीय सचिवालय सदस्य यशोधा सुवेदी गुरुङले भारतीय बिस्तारवादको दलाली गर्न दलहरुले छोड्नुपर्ने भन्दै नेपाललाई परनिर्भर बनाउने योजनासहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले मधेसी र थारु आन्दोलनका जायज मागहरु सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

लामो समय भइसक्दा पनि नाकाबन्दीले जनजीबन अस्तव्यस्थ भएको भन्दै ईन्धनको कालाबजारी गर्नेहरुलाई अबिलम्ब कारबाहीको माग गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य ईन्द्रजित थारु ब्राइनले ठूला दलहरु राष्ट्रियताको पक्षमा गम्भीर नभएको भन्दै देश भित्रकै शाषकहरु नाकाबन्दी लम्बिनुको मुख्य कारक रहेको आरोप लगाउनुभयो ।

सम्पूर्ण राष्ट्रभक्ति शक्तिहरु एकजुट भई मुलुकको अस्मिता जोगाउन लाग्नुपर्ने उहाँको भनाइ छ । भारतीय नाकाबन्दीको बिरुद्धमा आयोजित बिरोध सभा हुनुपूर्व पार्टी कार्यालयबाट र्याली निकालिएको थियो । बिरोध सभाको सहजीकरण नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामबहादुर दहित अञ्जानले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट