२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा व्यापारीद्वारा प्रदर्शन–तरकारी बजार बन्द

२०७४, ११ माघ बिहीबार १२:२१

माघ ११,  विराटनगर | तरकारी व्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै तरकारी तथा फलफूल व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । 

विराटनगरस्थित गुद्री बजारमा उनीहरुले बिहानैदेखि प्रदर्शन गर्दै तरकारी तथा फलफूल व्यवसाय कारोबार ठप्प गरेका हुन् । 

यसअघि व्यापारी भगतमाथि आक्रमण गरी घाइते बनाउनेलाई कारबाहीको माग गर्दै सब्जीमण्डी तथा गुद्री बजार व्यवस्थापन समितिको अगुवाइमा स्थानीय गुद्री बजारबाट निस्केको विरोध र्याली नगर परिक्रमा गरेका थिए । 

नगर परिक्रमा पछि समितिका सचिव शाहाव अहमद गुड्डु र अध्यक्ष कुशहरि शर्मा भट्टराईको नेतृत्वमा गएको एक टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको जनाएका छन् । 

समितिका सल्लाहकारसमेत रहनुभएका भगतमाथि यही माघ ५ गते शुक्रबार सांघातिक आक्रमण भएको थियो । 

सो घटनामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते