2026-09-14 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा नगरपालिकामै कोचिङ क्लास !

मनिषा राई | माघ ११, रोल्पा | रोल्पा नगरपालिका अन्तर्गतको नगरशिक्षा समितिको बैठक सम्पन्न भएको छ । रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले  रोल्पा नगरपालिकाद्धारा नगरक्षेत्रभित्रमा रहेका विद्यालयहरुमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने भएको छ ।

नगरपालिकाभित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनका लागि र विद्यार्थीहरुलाई अत्याधिक अप्ठ्यारोको रुपमा रहेको तीनवटा विषय अंग्रेजी, गणित र विज्ञान विषयलाई व्यवस्थित बनाउन तथा विद्यार्थीको सहजतामा ढाल्नका लागि रोल्पा नगरपालिकाले विभिन्न किसिमका अवधारणाहरु ल्याउने निर्णय गरेको छ ।

साथै बैठकले यस वर्षमा नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक स्तरका सरकारी विद्यालयहरुमा अंग्रेजी, विज्ञान, गणित विषयका लागि कोचिङ कक्षा सञ्चालनमा प्रोत्साहन गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको छ । शिक्षालाई गुणस्तरीय बनाउन, एसईई परीक्षालाई मर्या्िदत र रोल्पाको शिक्षामा सुधार ल्याउनका लागि यो पहल थाल्ने समेत निर्णय गरेको हो ।

नगरपालिकाको स्थानीय शिक्षा ऐन –२०७४ निर्माणका लागि नगरपालिका स्तरीय विज्ञ टिमको निर्माण गर्ने निर्णय गरेको छ । जसमा राजेश धिताल, मधुसुदन पोखरेल, विना मल्ल, लोककुमार श्रेष्ठ, कृष्णबहादुर पुन लगायत सम्मिलित एक समूह गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ