२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्युठानका तीन बालिकालाई कपिलवस्तुबाट यसरी गरियो उद्धार

२०७४, ११ माघ बिहीबार १५:४६

माघ ११, कपिलवस्तु । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा प्यूठानका तीन बालिकालाई कपिलस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ । 

काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले नेपाली सीमा नाका कटाउन लागेको अवस्थामा चेलीबेटी बेचबिखानविरुद्ध सक्रिय संस्था शान्ति पुनःस्थापना गृहले प्रहरीको सहयोगमा उनीहरुलाई कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट उद्धार गरिएको हो । 

उद्धार गरिएका बालिकामा प्यूठान सरुमारानी गाउँपालिका घर भएका दुई र स्वर्गद्वारी नगरपालिकाकी एक छिन् । तीमध्ये दुई बालिकालाई परिवारको जिम्मा लगाइ घर फिर्ता गरिएको शान्ति पुनःस्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । 

विचौलियाले ती बालिकालाई शिवराज नगरपालिकाको वडा नं १ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन बिहानै कृष्णनगर पु¥याएको बुझिएको छ । 

सीमा निगरानीमा खटिएका शान्ति पुनःस्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछका लागि उनीहरुलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरु विचौलियाको फन्दामा परेको बताए । 

आफूहरुलाई काठमाडौँ कता पर्छ भन्ने थाहा नभएको भन्दै बालिकालाई कृष्णनगरबाट भारत प्रवेश गर्न लागेपछि अचम्मित भएका थिए । विचौलियाले काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै भारत पु¥याउन लागेको खुलेको छ । 

सो संस्थाले दुई दिनअघि १२ वर्षीय शान्ति र १४ वर्षीया मीना (नाम परिवर्तन) तथा चार दिनअघि प्यूठानकी अर्की १४ वर्षीया एक बालिकालाई भारत लैजाने क्रममा सीमाबाट उद्धार गरी उनीहरुलाई परिवारको जिम्मा लगाएको पनि संयोजक भट्टराईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते