२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सामुदायिक वनद्धारा सेवा केन्द्रलाई कोठा उपलब्ध

२०७२, १२ मंसिर शनिबार ११:३९

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि कोठा उपलब्ध गराएको छ ।

समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षतामा भएको बैठकले हालै स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्दको आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्को व्यवस्था नहुनजेल सम्मका लागि सामुदायिक वनले आफ्नो भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय गरेको हो । सेवा केन्द्रले गाउँ घरमा हुने गरेको झै—झगडा, बिबादहरु मिलाई गाउँ घरमा शान्ति स्थापना गर्न जस्ता महत्वपूर्ण कामहरु ग्दै आएको सेवा केनद्रकी अध्यक्ष हिमाली न्यौपानेले बताईन् ।

यस्तै सामुदायिक वनका अध्यक्ष जोहरमान मियाँले सामुदायिक वन पनि यसै ठाउँका नागरिकहरुको संस्था भए जस्तै सेवा केन्द्र पनि हाम्रा लागि अति उपयुक्त संसथा भएकोले यसको संरक्षण संम्बद्धन गर्ने हाम्रो दायित्व भएको बताए ।

सेवा केन्द्र पूर्ण आर्थिक, समाजिक रुपले मजबुट नहुँदा सम्म एउटा कोठा कार्यालय सञ्चालनका लागि निशुल्क उपलब्ध गराईएको समूहका अध्यक्ष मियाँले भने ।

बैठकमा सामुदायिक वनका संस्थापक अध्यक्ष युवराज न्यौपाने, पूर्व अध्यक्ष मालिका आचार्य, टेकबहादुर रावत, गुरुप्रसाद ज्ञवाली, समाजेवीहरु रमेशमान गुरुङ्ग, शारदा भुसाल लगायत एक सय बढी समाजिक अगुवाहरुको सहभागिता रहेको थियो । बैठकको सहर्जीकरण समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट