2026-07-24 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

हृदयाघातका कारण वडासदस्यको निधन

माघ १२, कपिलवस्तु । हृदयाघातका कारण यहाँ नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ । 

वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । 

मृतक खनालका दुई श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको आज बिहान रामघाटमा दाहसंस्कार गरिने एमालेका जिल्ला सदस्य युवराज पोख्रेलले जानकारी दिनुभयो । 

खनालको निधनप्रति एमाले कपिलवस्तुले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष झविलाल पोख्रेलद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरिएको हो । 

डुबेर बालिकाको मृत्यु 

यसैबीच, यहाँ एक बालिकाकोे बिहीबार बाल्टिनमा डुबेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–६, मौवा कटौरया निवासी अब्दुल अजिजकी दुई वर्षीया छोरी इकार मोनीहरको आफ्नै घरमा खेल्नेक्रममा धारा नजिक पानी भरेर राखेको बाल्टीनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो । 

पानीका डुबेर गम्भीर घाईते भएकी बालिकालाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षण पछि बिहीबारनै परिवारको जिम्मा लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक