३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी सेवा केन्द्र लालमटियाको बैठक सम्पन्न

१२ मंसिर २०७२, शनिबार ११:४२

सन्तोषकुमार गुप्ता/मङ्सिर १२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार भएकोे बैठकले कार्य समितीका केही निष्कृय पद्धाधिकारीहरुलाई निष्कासित गरी तीन जना नयाँ सदस्य नियुक्त गर्नुका साथै कार्य समितीको केही पदमा समेत हेरफेर गरेको छ ।
केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवरक्षेत्रीको प्रमुख आतिथ्यमा भएको बैठकले केन्द्र स्थापना भए देखि अहिले सम्म प्रत्येक बैठक तथा कार्यक्रमहरुमा जानकारी गराउँदा समेत कुनै पनि बैठकमा बिना जानकारी अनुपस्थीत भएको भन्दै कार्य समिती उपाध्यक्ष सहित ६ जना निष्कृय सदस्यहरुलाई निस्काशित गरी तीन जना नयाँ सदस्य नियुक्त गरी १९ सदस्यीय रहेको कार्य समितीलाई १५ सदस्यीय बनाएको छ ।

यसरी निष्काशित हुनेहरुमा कार्य समिती उपाध्यक्ष ऋषिराम बस्नेत, सदस्यहरुमा टिकाराम चौधरी, श्यामा चौधरी, सरिता चौधरी, बिष्णु मर्रासिनी र दधिराम आचार्य रहेका छन् । केन्द्रको बैठक बस्दा कोरम नपुग्ने समस्यालाई मध्यनजर गरी केन्द्रको पूर्व निर्णय तथा बिधान बमोजिम पटक—पटक जानकारी गराउँदा समेत उपस्थीत नभएको भन्दै सात जना पद्धाधिकारीहरुलाई निस्काशित गरी तीन जना नयाँ सदस्य नियुक्ती गरी १५ सदस्यीय कार्य समिती बनाएको हो ।

त्यस्तै बैठकले कार्य समिती पदमा समेत हेरफेर गरेको छ, जस अनुसार सह—सचिव सन्तोषकुमार गुप्तालाई उपाध्यक्ष तथा नव नियुक्त सदस्य बुद्धिराम चौधरीलाई सह—सचिव पदमा नियुक्ती गरेको छ, भने कार्य समितीको नयाँ सदस्यमा मालिका आचार्य, जगतबहादुर थापा र बुद्धिराम चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवरक्षेत्रीले ईप्रकाको कार्य क्षेत्रमा आफ्नो १८ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि लालमटिया क्षेत्रको भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै मंसिर १३ गते आईतबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाई गर्ने निर्णय गरेको छ ।

प्रहरी प्रमुख कुवरको हालै सरुवा चितवन तालिम केन्द्रमा सरुवा भएको भन्दै केन्द्रले सम्मान तथा बिदाई गर्न लागेको जनाएको छ । बैठकले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि निशुल्क कोठा उपलब्ध गराएको कालिका सामुदायिक वन उपभोक्ता समुहलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

त्यस्तै बैठकले सेवा केन्द्रको काम कार्वाही थप प्रभावकारी बनाउन तथा गाउँ गाउँमा सेवा केन्द्रको महत्व, आवश्यकता र कामका बिषयमा प्रचारप्रसार गर्न ब्यापक सेवाको आजिवन सदस्य प्रदान गर्ने र सेवा केन्द्रका अध्यक्ष तथा कोषाध्यक्षको सयुक्त नामबाट महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियामा खाता सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा सेवा केन्द्रका सल्लाहकार युवराज न्यौपाने, कार्य समिती उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सदस्यहरु सरस्वती पोख्रेल, शारदा भुसाल, भरत एमसी, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरक्षक रोहित कुवरक्षेत्री, सामुदायिक प्रहरी अमृतकुमार कठायत, सन्तबहादुर पुन, महिला समाजसेवी मालिका आचार्य लगायतको उपस्थीत रहेको थियो । बैठकको सहर्जीकरण केन्द्रका सचिव उमेश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?