१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

१२ माघ २०७४, शुक्रबार ०७:२०

माघ १२, खोटाङ | नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ । 

किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको ऐसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् । 

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उद्देश्यले निर्माण शुरु गरिएको संग्रहालय भवनका लागि एक वर्षमा रु १६ लाखभन्दा बढी रकम प्राप्त भएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो । संग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पुर्याउने गरी दीर्घकालीन योजना तय गरिएको छ । 

देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाले महाअभियानको रुपमा लिई संग्रहालय निर्माणको सहयोगमा जुटेको संयोजक खम्बुको भनाइ छ । तीन वर्षमा सम्पन्न गर्नेगरी गत वर्षदेखि किरातीको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो । 

संग्रह निर्माणका लागि रु दुई करोड बराबरको बृहत् योजना बनाइएकोमा यो वर्ष रु ५५ लाख लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ । संग्रहालय भवन निर्माणका लागि वडाबाट रु पाँच लाख बजेट यो वर्ष विनियोजन गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताले स्वस्फुर्तरुपमा बोलकबुलसमेत गरिरहेको जनाइएको छ । ‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथनअनुरुप किरातीको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाइ छ । 

दश किरातको प्रतीकस्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई संग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा धातुबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती वास्तुकलाले भरपुर सजाइनेछ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार