2026-08-16 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

उपाधिका लागि विराटनगर र काठमाडौँ भिड्दै

प्रकाश धौलाकोटी । तेह्रथुम, १६ बैशाख । तेह्रथुमको बसन्तपुरमा जारी दोश्रो लालीगुराँस गोल्ड कप फुटबलको उपाधिकालागि शुक्रबार काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब खेल्दैछन् ।

शुक्रबार दिउँसो २ बजे हुने खेलमा समुह ए बिजेता बिराटनगरलाई विदेशी खेलाडीसहित राष्टिय खेलाडी सम्मिलित समुह बी विजेता काठमाडौँसँग खेल्न हम्मे हम्मे पर्ने दर्शकको ठम्याई छ । बिराटनगर बुधबार धनकुटाको जनजागृति क्लब निर्धारित समयमा उपस्थित नभएपछि वाकओभर पाएर फाइनलमा पुगेको हो ।

काठमाडौँले भने ए डिभिजन लिग खेल्ने मनाङ, थ्रि स्टार र झापा ११ का चर्चित खेलाडी सम्मिलित सिंहदेवी युवा क्लब, धनकुटालाई निकै प्रतिष्पर्धाका बाबजुद २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

गुराँस पर्यटनको प्रवर्धनकालागि ०५६ सालबाट राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिको संयोजनमा सुरु भएको प्रतियोगिताको निरन्तरता स्वरुप यसवर्षबाट लालीगुराँस गोल्ड कपको दोश्रो संस्करणसँगै प्रतियोगिता निरन्तर सन्चालन हुने आयोजक पाथीभरा युवा क्लबले जनाएको छ ।

काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी प्रतियोगिताको विजेतालाई १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरिने आयोजक क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो ।

स्थानीय युवाहरुको संलग्नता रहेको क्लबले खेल क्षेत्रमा जिल्लाको उचाई बढाउन र पहाडी जिल्लाको खेल विकासमा सहयोग पुर्याउने साथै खेल पर्यटनको विकास गराउने उदेश्यले गोल्ड कप सन्चालन थालेको अध्यक्ष मिलन थापाले बताउनुभयो । गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि प्रतियोगिताले केही हदसम्म सहयोग गर्ने आयोजकको विश्वास छ ।

सरकारी पक्षले जिल्लाको खेल विकासमा चासो दिएको छैन, अध्यक्ष थापाले भन्नुभयो–खेल क्षेत्रमा न्युन बजेटका कारण पनि जिल्लामा खेलकुद गतिविधि फस्टाएर जान सकेका छैनन् । निजी क्षेत्रबाट पर्याप्तै खेलकुद गतिविधि सन्चालन भएपनि सरकारी तवरबाट कुनै लगानी नहुँदा खेल क्षेत्रमा जिल्लाका कुनै युवाले भविष्य कोर्न नसकेको थापाले गुनासो गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष समेत रहेका थापाले जिल्लामा सरकारी तवरको एकमात्र खेल संरचनाको रुपमा खेलकुद विकास समितिमा समेत बजेट अभावकै कारण समितिले केही गर्न नसकिरहेको बताउनुभयो ।

हालसम्म जिल्लाका कुनै क्लब वा खेल सम्बन्धी संघसंस्था अखिल नेपाल फुटबल संघमा दर्ता नभएकाले पनि जिल्लाका खेलाडीले अहिलेसम्म खेलकुदबाट निराशा बाहेक केही प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । त्यस्ता अनेकन चुनौतीहरुकाबीच निजी क्षेत्रकै सक्रियतामा जिल्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक राशीको यो प्रतियोगिताको थालनी भएको र यसले जिल्लाको खेलकुद विकासमा सहयोग पुर्याउने उहाँको विश्वास छ ।

जिल्लामा अहिलेसम्म फुटबलकालागि उपयुक्त खेलमैदान निर्माण समेत हुन सकेको छैन । फुटबलमा साधारणतया ११ जना खेलाडीले खेल्ने सबैलाई थाहा छ, तर यहाँ वर्षभरिमा हुने करिब दुई दर्जन बढी फुटबल प्रतियोगिताहरुमध्ये कुनैपनि खेलमा ११ जना खेलाडीले खेल्नसक्ने खेलमैदान थिएनन् । जिल्लामा पुर्ण संख्याका खेलाडीले फुटबलमा खेलेको यो नै पहिलो पटक हो । जिल्लाभरिमा दर्जनबढी खेलमैदान भएपनि तिनको विस्तार र विकासमा ध्यान नपुग्दा उपयुक्त खेलमैदान निर्माण हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट