Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पामा चार महिनादेखि एक महिला बेपत्ता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, पाल्पा | रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिना देखि बेपत्ता भएकी छिन् ।

गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो ।

घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाई सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेला पर्न नसकेको उहाँले बताउनुभयो । एक नाबालक छोरा, श्रीमान् र सासू ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् । रासस