२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गर्यो पिएचडी कार्यक्रम

१२ माघ २०७४, शुक्रबार ११:२९

माघ १२, सुर्खेत | मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि (पिएचडी) कार्यक्रममा शुरु गरेको छ । 

आज वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो । 

विगतका शासकका कारणले गर्दा प्रदेश नं ६ शैक्षिक क्षेत्रमा पछाडि परेको उहाँको भनाइ थियो । “शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडि परेका हौँ”, उहाँले भन्नुभयो, “विकासको रथ अगाडि बढाउनका लागि मुख्य रथका रुपमा रहेको शैक्षिक क्षेत्र बलियो हुनुपर्छ, त्यो क्षेत्र नै बलियो भएन भने विकास हुँदैन ।” 

पिएचडी कार्यक्रमले प्रदेश नं ६ को समग्र विकासका लागि शिक्षाको पनि महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख खनालको भनाइ छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रदेश नं ६ स्रोत साधनले भरिपूर्ण प्रदेश भएको उल्लेख गर्दै “प्राप्त स्रोत साधनलाई प्रयोग गर्न सकियो भने प्रदेश नं ६ सबैभन्दा अघि धनी प्रदेश बन्ने छ,”भन्नुभयो । 

जबसम्म प्रविधिउन्मुख शिक्षालाई अगाडि बढाउन सक्दैनौँ, तबसम्म मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिदैन्, उहाँले भन्नुभयो । 

प्रतिनिधिसभा सदस्य नवराज रावतले आफूसँग स्रोत साधनलाई परिचालन गरेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताउनुभयो । 

पिएचडी कार्यक्रमको प्रक्रिया केही महिनाअघि नै शुरु भए तापनि आज औपचारिक रुपमा शुरुवात् गरिएको व्यवस्थापन संकायका डिन डा मस्तबहादुर गरञ्जाले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान