२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँमा अपाङ दिवस मनाइयो

२०७२, १८ मंसिर शुक्रबार ०३:१६

ओमप्रकाश गुप्ता/मङ्सिर १८, सिसहनियाँ । हरेक सरकारी निकायहरुमा अझै पनि अपाङ मैत्री भवन नहुदा अपाङता भएका व्यक्तिहरुले सहज रुपमा सेवा लिन नसकेको आज सिसहनियामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

अपाङ समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा आयोजित २४ औ अन्र्तराष्ट्रिय अपाङ दिवस कार्यक्रममा बोल्ने सहभागी अपाङहरुले बताएका छन् ।

उनीहरुले राज्यबाट पुर्ण अपाङहरु वाहेक आंशिक अपाङहरुलाई अपाङ भत्ता नदिदा अपाङहरु मर्कामा परेको गुनासो समेत गरेका छन् ।

कार्यक्रममा अन्य वक्ताहरुले अव हरेक अपाङहरुका लागि सरकारले ठोस कार्यक्रमहरु ल्याउनु पर्ने बताएका थिए । साथै अझै पनि हरेक सरकारी कार्यालय निकायहरुमा अपाङहरुको समान सहभागिता नरहेको बताएका थिए ।

समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षता एवम् सिसहनियाँ गाविस प्राविधिक विमला भट्टराई(खनाल)को प्रमुख आतिथ्यतामा भएको सभामा नेकपा एमालेका खिमबहादुर के.सी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा, नेकपा माओवादीका भगवता शर्मा, राप्रपा नेपालका टेकबहादु र कार्की, राजमोका माधवप्रसाद आचार्य, थरुहट तराई पार्टी नेपालका पाटेश्वरी प्रसाद चौधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका विष्णुप्रसाद चौधरी, नेकपाका जयप्रकाश चौधरी, माले समाजवादीका रिता चौधरी, सर्वोदय उच्च मा.विका शिक्षक हेमराज अधिकारी, वडा नगरिक मञ्चका रामप्रसाद चौधरी, दलित सञ्जालका ठगेन्द्र परियार, सहभागी अपाङहरु भागवती चौधरी, कलावती चौधरी, कमला चौधरी लगायतका वक्ताले बोल्नुभएको थियो ।

साथै कार्यक्रममा सिसहनियाँ गाविसका ८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिव अपाङ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

यसरी शैक्षिक सामाग्री पाउने विद्यालयका विद्यार्थीहरुमा सर्वोदय उच्च मावि सिसहनियाँका दशरथ चौधरी, शंकर मावि पिपरीका निराजन चौधरी, ज्ञानोदय मावि पत्थरगढवाका रामलाल चौधरी, बाल कल्याण निमाविका सपना चौधरी, जनकल्याण प्रावि कालापानीका जिवलाल चौधरी, बाल उद्यान प्रावि सिङगेका अर्जुन विक, हंशेश्वर प्रावि भगवानुरका सुस्मिता चौधरी र प्रावि थकरीकोटका जागेश्वर थापामगर रहनु भएको छ ।

समितिका कोषाध्यक्ष गणेश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार तथा पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते