२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सर्वाधिक पुरस्कार राशिको तेस्रो रामेछाप राष्ट्रिय भलिबल प्रतियोगिता मन्थलीमा हुने

२०७४, १३ माघ शनिबार ११:३७

प्रज्वल पौडेल। माघ १३,रामेछाप । सर्वाधिक पुरस्कार राशि रहेको तेस्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा माघ १७ गतेदेखि २० गतेसम्म जिल्ला समन्वय समितिको प्राङगण मन्थलीमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार र सान्वना हुने टिमलाई ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडिलाइ नगद १० हजार सहित ट्रफी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृण्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको कडेरियाले बताए । 


लिगकम नकआउटको आधारमा सञ्चालन हुने उक्तखेलमा प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा तीन भन्दा बढि बिभागीय टोलीमा रहेका खेलाडीलाई खेलाउन नपाइने प्रतियोगिता संयोजक एवम् जिल्ला खेलकुद बिकास समितिका सदस्य सिताराम कार्कीले जानकारी दिए । उनले प्रतियोगितामा बिभिन्न क्षेत्रका १२ टोलीको सहभागीता रहने बताए । 

खेलाडिलाइ दैनिक भत्ताका साथै जिल्ला बाहिरका टीमका खेलाडिलाइ यातायात खर्च आयोजकले व्यहोर्ने जनाएको छ । खेलमा सहभागि हुन माघ १६ गतेसम्म टीम दर्ता गराउने सकिने छ ।

दोश्रो रामेछाप खुल्ला राष्ट्रिय भलीबल प्रतियोगितामा प्याराडाइज युवा क्लब बी प्रथम, हिमगंगा द्धितीय, नमुनादिप युवा क्लब तृतीय र लोकतान्त्रीक खेलकुद संघले सान्त्वना भएका थिए । खेलकुद प्रतियोगिताको समय नजिकिएसँगै लागी मैदान बनाउने लगाएत अन्य आवश्यक तयारी तिब्र रुपमा अगाडि बढिरहेको छ ।

तस्विर/ पुरुषाेत्तम कडेरिया



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने