२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सेवा केन्द्रद्धारा प्रहरी प्रमुख कुँवरको बिदाई

१८ मंसिर २०७२, शुक्रबार १०:०९

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग ।  ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट सरुवा हुनु भएका प्रहरी प्रमुख मिनबहादुर कुँवरक्षेत्रीलाई शुक्रबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी बिदाई तथा सम्मान गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको आयोजनामा प्रहरी प्रमुख कँुवरक्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै उहाँले ईलाका प्रहरी कार्यालय भालुवाङको कार्यक्षेत्रमा आफ्नो १७ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान सहित बिदाई गरेको हो । प्रहरी निरिक्षक कुँवर गत साउन २ गते प्रहरी तालिम केन्द्र काठमाडौबाट ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आउनु भएको हो । उहाँको कात्र्तिक ३० गते जुनियर प्रहरी शिक्षालय भरतपुर चितवनमा सरुवा भएको छ ।

केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा भएको बिदाई तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरी प्रमुख कुँवरले यस क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंम्सा गदै उहाँबाट अन्य प्रहरी प्रमुखहरुले पाठ सिक्नु पर्ने बताएका थिए । उनीहरुले प्रहरीले शान्ति सुरक्षा सुरक्षा कायम गर्न नागरिकहरु संग कस्तो व्यवहार गर्नु पर्छ भन्ने पाठ अन्य प्रहरीले पनि व्यवहारमा लागु गर्न सके शान्ति सुरक्षाको क्षेत्रमा नयाँ आयम आउने समेत बताएका थिए । कार्यक्रममा प्रहरी प्रमुख कुँवरलाई प्रशांसा पत्र सहित सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एमालेका टोपबहादुर झाँक्री, राष्ट्रिय जनमोर्चाका रमेशमान गुरुङ्ग, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी, ऐरावती आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष सुर्यप्रकाश शर्मा, नेपाल भारमैत्री संघ भालुवाङ्गका अध्यक्ष बहादुरकर्ण केसी र पत्रकार ओमप्रकाश गुप्ता लगायतका बक्ताले बिदाई मन्तव्य व्यक्त गर्नु भएको थियो । केन्द्रकी सदस्य शारदा भुसालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन केन्द्रका सदस्य प्रमोद पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य