२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सेवा केन्द्रद्धारा प्रहरी प्रमुख कुँवरको बिदाई

२०७२, १८ मंसिर शुक्रबार १०:०९

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग ।  ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट सरुवा हुनु भएका प्रहरी प्रमुख मिनबहादुर कुँवरक्षेत्रीलाई शुक्रबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी बिदाई तथा सम्मान गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको आयोजनामा प्रहरी प्रमुख कँुवरक्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै उहाँले ईलाका प्रहरी कार्यालय भालुवाङको कार्यक्षेत्रमा आफ्नो १७ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान सहित बिदाई गरेको हो । प्रहरी निरिक्षक कुँवर गत साउन २ गते प्रहरी तालिम केन्द्र काठमाडौबाट ईप्रका भालुवाङ्गमा प्रहरी प्रमुखको रुपमा सरुवा भएर आउनु भएको हो । उहाँको कात्र्तिक ३० गते जुनियर प्रहरी शिक्षालय भरतपुर चितवनमा सरुवा भएको छ ।

केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा भएको बिदाई तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरी प्रमुख कुँवरले यस क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंम्सा गदै उहाँबाट अन्य प्रहरी प्रमुखहरुले पाठ सिक्नु पर्ने बताएका थिए । उनीहरुले प्रहरीले शान्ति सुरक्षा सुरक्षा कायम गर्न नागरिकहरु संग कस्तो व्यवहार गर्नु पर्छ भन्ने पाठ अन्य प्रहरीले पनि व्यवहारमा लागु गर्न सके शान्ति सुरक्षाको क्षेत्रमा नयाँ आयम आउने समेत बताएका थिए । कार्यक्रममा प्रहरी प्रमुख कुँवरलाई प्रशांसा पत्र सहित सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरिएको थियो ।

केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एमालेका टोपबहादुर झाँक्री, राष्ट्रिय जनमोर्चाका रमेशमान गुरुङ्ग, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी, ऐरावती आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष सुर्यप्रकाश शर्मा, नेपाल भारमैत्री संघ भालुवाङ्गका अध्यक्ष बहादुरकर्ण केसी र पत्रकार ओमप्रकाश गुप्ता लगायतका बक्ताले बिदाई मन्तव्य व्यक्त गर्नु भएको थियो । केन्द्रकी सदस्य शारदा भुसालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन केन्द्रका सदस्य प्रमोद पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट