२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा मानव अधिकार दिवस मनाईयो

२४ मंसिर २०७२, बिहीबार ११:३९

सन्तोषकुमार गुप्ता, मंसिर २४, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

mana

“हाम्रो अधिकार, हामी सबैको अधिकार” भन्ने मुल नाराका साथ जिल्ला मानव अधिकार कार्यालय दाङ्गको आयोजनामा भएको ६८ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले भारत जस्तो छिमेकी मूलकले नाकाबन्दी लगाउँदा समेत अन्तर्राष्ट्रिय मानव अधिकारबादी संघ संस्थाहरु मौन बस्नु दुखको बिषय रहेको बताएका थिए ।

अघिपछि मानव अधिकारको ढ्याँग्रो बजाउने मानव अधिकारबादी कहाँ छन् बक्ताहरुले प्रतिप्रश्न गरे । उनीहरुले मानव अधिकार कागजमा मात्र सिमित भएको बताउँदै मानव अधिकारको रक्षाका लागि अधिकार माग्दा कर्तव्य पनि भुल्न नहुने बताएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजालको अध्यक्षता एवम् ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वाईमाई गणका प्रहरी नायव उपरिक्षक श्याममणि ढकाल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टीका सनिराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

mana1

कार्यक्रममा उच्च मावि मौरीघाटका प्रचार्य सिता रिजाल, सर्वोदय उच्च माविका सह—प्रचार्य गोबिन्दबहादुर केसी, पूर्व शिक्षक कृष्ण गिरी, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ