२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा मानव अधिकार दिवस मनाईयो

२४ मंसिर २०७२, बिहीबार ११:३९

सन्तोषकुमार गुप्ता, मंसिर २४, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

mana

“हाम्रो अधिकार, हामी सबैको अधिकार” भन्ने मुल नाराका साथ जिल्ला मानव अधिकार कार्यालय दाङ्गको आयोजनामा भएको ६८ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले भारत जस्तो छिमेकी मूलकले नाकाबन्दी लगाउँदा समेत अन्तर्राष्ट्रिय मानव अधिकारबादी संघ संस्थाहरु मौन बस्नु दुखको बिषय रहेको बताएका थिए ।

अघिपछि मानव अधिकारको ढ्याँग्रो बजाउने मानव अधिकारबादी कहाँ छन् बक्ताहरुले प्रतिप्रश्न गरे । उनीहरुले मानव अधिकार कागजमा मात्र सिमित भएको बताउँदै मानव अधिकारको रक्षाका लागि अधिकार माग्दा कर्तव्य पनि भुल्न नहुने बताएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजालको अध्यक्षता एवम् ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वाईमाई गणका प्रहरी नायव उपरिक्षक श्याममणि ढकाल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टीका सनिराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

mana1

कार्यक्रममा उच्च मावि मौरीघाटका प्रचार्य सिता रिजाल, सर्वोदय उच्च माविका सह—प्रचार्य गोबिन्दबहादुर केसी, पूर्व शिक्षक कृष्ण गिरी, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य