२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको धौलागिरि गाउँपालिका अझै विद्दुतीय पहुँच बाहिर

२०७४, १४ माघ आईतवार १०:१५

कमल खत्री / माघ १४, म्याग्दी | धौलागिरि गाउँपालिका केन्द्रीय विद्दुतको पहुँच बाहिर रहेको छ । 

गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानीयवासीको उज्यालोको स्रोत बने पनि यस्ता स्रोत दिगो नहुदा स्थानीयवासी अँध्यारामै बस्नुपर्ने बाध्यता रहेको मुदीस्थित बुद्धि विकास माविका शिक्षक लोकराज रोकाले बताउनुभयो । 

“गाउँभरी उज्यालाका लागि सोलार प्यानल घरघरमा राखिए पनि ती स्रोत भरपर्दो नहुने र खर्चिलो हुने भएकाले बालबालिकाले घरमा साँझ अध्ययन गर्न समस्या हुने गरेको छ”, उहाँले बताउनुभयो । 

कतिपय घरमा अझै पनि टुकीकै भरमा उज्यालाको सहारा लिनुपर्ने बाध्यता छ । ठूलो क्षमताको सोलार प्यानल जडान गर्न आर्थिक जोहो गर्न कठिन हुनेछ । बत्तीको हरेक वर्ष क्षमता घट्दै जाने, बिग्रिएको सामानको मर्मत गर्न नसकिने जस्ता कारणले बत्ती बाल्नका लागि राखिएका सौर्यबत्ती केन्द्रीय विद्युत् नपुगेका कारण विकल्प भए पनि जनताका लागि भरपर्दो हुन सकेको छैन । 

‘‘विद्युत् सेवाको पहुँच नहुँदै राज्यले दिएका सुविधा उपभोग गर्नबाट समेत वञ्चित भएका छौँ, विद्युत् अभावले सञ्चार सेवासमेत मजबुत छैन्, विद्यालयमा कम्युटर छन् तर भरपर्दो ऊर्जा नहुँदा नियमित सञ्चालनमा समस्या छ,’’, शिक्षक रोकाले भन्नुभयो । केन्द्रीय विद्युत् नपुगेका कारण गाउँमा सबैले आफ्नै घरमा मोबाइल चार्ज गर्न समेत सुविधा छैन भने टेलिभिजन, इन्टरनेटलगायतको आधुनिक सूचना प्रविधिको पहुँचबाट टाढै बस्नुपर्ने अधिकांशको बाध्यता बनेको छ । 

कादुरी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत विभिन्न संघसंस्था र समुदायको लगानीमा निर्मित लघुजलविद्युत् आयोजना नियमित सञ्चालन भएका ठाउँका बासिन्दाले सस्तो दरमा विद्युतभार कटौतीरहित विद्युत् सेवा उपभोग गर्न पाए पनि कतिपय ठाउँका लघुजलविद्युत् आयोजना बाढी र पहिराको चपेटामा परेपछि ती आयोजनाका उपभोक्ता समस्यामा परेका छन् । 

अहिले धौलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं ५ मल्कवाङ र वडा नं ६ मराङमा लद्युजलविद्युत् परियोजनामार्फत स्थानीयवासीले विद्युत् उपभोग गरिरहेका छन् । वडा नं २ लुलाङमा रहेको लघुजलविद्युत् परियोजनामा बाढीले क्षति पु¥याएपछि लामो समयदेखि स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । वडा नं ३ मुनामा लघुजलविद्युत् परियोजना रहे पनि बाढीपहिराको क्षतिको कारण उत्पादन भरपर्दो बन्न सकेको छैन । 

त्यस्तै वडा नं ७ ताकम, धारापानीलगायत क्षेत्रमा अहिले स्थानीयवासीले सौर्यबत्तीलाई नै बिजुलीको स्रोतका रुपमा प्रयोग गर्दै आएका छन् । केन्द्रीय विद्युत्का अभावमा स्थानीयवासीले सौर्य र लघुजलविद्युत् परियोजनाबाट बत्ती बाल्ने गरे पनि वैकल्पिक ऊर्जाका यस्ता स्रोत दिगो, भरपर्दो र सबैको पहुँचमा नहुँदा समस्या सिर्जना भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । 

स्थानीयस्तरमा बत्ती बाल्नका लागि मात्रै नभएर फर्निचर, कुटानीपिसानी मिललगायत घरेलु उद्योग सञ्चालन र सञ्चार क्षेत्रको पहुँच विस्तारका लागि समेत केन्द्रीय विद्युत्को अति आवश्यक रहेको उहाँको भनाइ छ । विद्युत्सँगै इन्टरनेट, टेलिफोनलगायतको सहज पहुँच नभएका कारण गाउँपालिका मुनास्थित कार्यालयबाटै नियमित सेवा सञ्चालन गर्न समेत सकिएको छैन । 

सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले अहिले बेनीमा सम्पर्क कार्यालयमार्फत सेवा दिँदै आएको छ । विद्युत्कै अभावले गाउँपालिकामा वित्तीय संस्थाको पहुँच विस्तारमा समेत ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले भने गाउँपालिकाको धारापानी हुँदै, ताकम, मुनालगायत क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच विस्तार गर्ने योजना अघि बढाएको जनाइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला