२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

२६ मंसिर २०७२, शनिबार १२:३५

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर पत्येक बर्ष एशोसनले अधिराज्य भर बिकट गाउँहरुका पशु पालक किसानहरुको समस्यालाई एशोसनको जिल्ला कार्य समितीको आयोजनामा निशुल्क पुश स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ३ हजार बढी गाई, भैसी, बाख्रा र भेडाहरुको उपचार गरिएको छ ।

जसमा १ हजार २ सय २५ गाई भैसीलाई चरचरे तथा भ्यागुते रोग बिरुद्धको भ्याक्सिन, ६ सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन, १ सय ५० बाख्रा तथा गोरुलाई बन्धाकरण, २ हजार २ सय २५ पशुहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यले जानकारी दिए । शिविरमा छाला, बाझोपन र प्रजनन् सम्बन्धी समस्या देखिएको अध्यक्ष आचार्यले बताए । शिविरमा ४० जना बढी निजी तथा सरकारी पशु प्राविधिकहरुको सहभागिता रहेको थियो ।

जसमा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसालको नेतृत्वमा ३२ जना जुनियर पशु प्राविधिकहरुको समेत सहभागिता रहेको थियो । शिविरबाट उक्त गाउँका २ सय बढी पशुपालक किसानहरु प्रत्यक्ष लाभन्दित भएका छन् । बड्हराका पशुपालक किसानहरु आफ्ना पशुचौपायको उपचारका लागि कि त लमही कि त भालुवाङ्ग आउनु पर्ने बाध्यता रहेको किसानहरुको भनाई छ । गाउँमै पशु प्राविधिकहरुले निशुल्क स्वास्थ्य शिविर चलाएको त्यहाँका किसानहरु उत्साहित भएका थिए ।

नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यको अध्यक्षता एवम् गोबरडिहा गाविसका लेखापाल कुलबहादुर कुमालको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निजी तथा सरकारी स्तरका पशु प्राविधिकहरुले एकै थलोबाट किसानहरुलाइृ सेवा प्रभाव गर्नु अत्यन्तै सकरात्मक कार्य भएको भन्दै प्रशंसा समेत गरेका थिए ।

नेब्लाका केन्द्रिय प्रचार विभाग सह—ईन्चार्ज हेमराज आचार्यको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसाल, कुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव नवराज शर्मा, पत्रकार सन्तोषकुमार गुप्ता, पशु प्राविधिकहरु अन्नत रेग्मी, रामप्रसाद चौधरी, खेम चौधरी र शिवराज न्यौपाने लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेब्लाका देउखुरी क्षेत्रिय समितीका सह—सचिव कृष्ण बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल