१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा स्नातकोत्तर तहको पढाइ सुरु

१५ माघ २०७४, सोमबार ०३:४०

माघ १५, म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ । 

समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्न अनुमति दिएको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । 

यसअघि म्याग्दीका विद्यार्थी स्नातकोत्तर तहको अध्ययनका लागि बागलुङ, पोखरा, चितवन र काठमाडौँ जानुपर्ने बाध्यता थियो । म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पढाइ शुरु भएपछि म्याग्दीका साथै पर्वतको उत्तरी क्षेत्र र मुस्ताङका विद्यार्थीसमेत लाभान्वित हुने भएका छन् । 

स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि २०७३ कात्तिकमा महायज्ञ आयोजना गरेर रु दुई करोडभन्दा बढी आर्थिक स्रोत जुटाइएको थियो । २०४८ सालदेखि सञ्चालित क्याम्पसमा हालसम्म मानविकी, व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११, १२ र स्नातक तहको पठनपाठन हँुदै आएको थियो । क्याम्पसमा एक हजारजना विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार