घर जलाइदिंदा बिक दम्पतीको बिचल्ली, आशंकमा दुईजना पक्राउ

Posted on: 29 Jan, 2018

चिसाङ शेर्पा | माघ १५, खोटाङमा | खोटाङमा अज्ञात समुहले घर जलाईदिएपछि एक परिवार विस्थापित भएको छ । रावाबेशी गाउँपालिका–६ हौंचुरका डाकमान बिकको घरमा अज्ञात समुहले आगो लगाई दिंदा बिक दम्पतीको बिचल्ली भएको हो ।

अपरिचित समुहले शनिवार राती करीब १० बजे घरमा कोही नभएको मौका छोपेर आगो लगाईदिएको हो । घरमुली बिक रोजगारीको शिलसिलामा सिन्धुपाल्चोक र श्रीमती माईतीमा भएको बेला घरमा आगो लगाईदिएको हांैचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो । 


बिक दम्पतीको हौचुर गिद्धेमा रहेको घर जल्दा करीब ३ लाखको क्षति भएको छ । घट्नाको आशंकमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हौंचुर डाडाँगाउका १४ वर्षिय अनिल खत्री र १५ वर्षिय बिक्रम राईलाई गिरफ्तार गरिएको रुपाकोट मझुवागढी नगरपालिका जाल्पा प्रहरी चौकीका असई बावुराम खड्काले बताउनुभयो । प्रस्ट्याई हुन सकेको छैन खड्काले भने, ‘थप सोधपुछ भईरहेको छ ।’ पिडित दम्पती छिमेकीको सहरामा बसेका छन् ।

माथिको तश्विरमा: डाकमान बिकको जलेको घर | तश्विर: यज्ञनारायण श्रेष्ठ

यस बिषयमा तपाइको प्रतिक्रिया...!