2026-10-18 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

माघ १६, तेह्रथुम | तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । 

म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । 

जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव यादवले बताउनुभयो । 

लिम्बू झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भुइँमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बूको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक केशर खत्रीले बताउनुभयो । नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ । 

सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । सोबारे आज बिहानै घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान तथा प्रक्रिया पुर्याई कंकाल परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको निमित्त प्रहरी प्रमुख यादवले बताउनुभयो । 

लिम्बू गएको वैशाख महिनादेखि बेपत्ता थिए । परिवारले वैशाखमा बेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो । उनको नागरिकतासहित कंकाल भेटिएको साथै छोरा शान्त लिम्बूले बाबुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बूको पहिचान प्रष्ट भएको हो । लिम्बू मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु