२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा डान्स क्रियसनको कार्यालय उद्घाटन

२०७२, २८ मंसिर सोमबार ०१:५३

dance kristiyanसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । देउखुरीको लालमटियामा स्थापना भएको न्यू डान्स क्रियसन लालमटियाको आईतबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरिएको छ ।

वि.सं. २०७१ सालमा लालमटियामा क्रियाशिल युवाहरुको भेलाले परम्परागत नेपाली संस्कृति संरक्षण गदै युवाहरुमा रहेको प्रतिभालाई राष्ट्रियस्तर सम्म पु¥याउन न्यू डान्स क्रियसन गठन गरिएको थियो ।

क्रियसनलाई कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाले आफ्नो भवनको एउटा कोठा उपलब्ध गराएपछि कार्यालय उद्घाटन गरिएको हो ।

क्रियसनका अध्यक्ष शरद रावतको अध्यक्षता एवम् समाजेवी तथा विकासप्रेमी युवराज न्यौपानेको प्रमुख आतिथ्यमा रिबन काटेर विधिबत कार्यालयको उद्घाटन गरिएको छ ।

क्रियसनकी सदस्य पार्वता खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सानै उमेरबाट आफ्नोमा रहेको प्रतिभा उजागरण गर्न सके राष्ट्रिय कलाकार समेत बन्न सकिने भएकाले युवा तथा बालबालिकाहरुको सकरात्मक कार्यलाई सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, राप्ती उद्योग बाणिज्य संघका कार्यालय सचिव सन्तोषकुमार योगी, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा पत्रकार सन्तोषकुमार गुप्ता, लालमटिया युवा सञ्जालका उपाध्यक्ष उमेश अधिकारी, युवा समाजसेवी बिनोद जिसी, पत्रकारद्धय प्रलाह्द बन्जाडे र सुनिल आचार्य लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४२ सदस्यीय पद्धाधिकारी रहेको न्यू डान्स क्रियसनले सो अवसरमा एक दर्जन बढी सांस्कृतिक प्रस्तुतहरु देखाएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ