२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवा जनस्वयमसेवको भेला कञ्चनपुरको अध्यक्षमा पुनः कुँवर

२०७४, १७ माघ बुधबार ०१:४४

भाष्कर केसी | माघ १७, कञ्चनपुर | राष्ट्रिय युवा जनस्वयम सेवकको महेन्द्रनगरमा भेला सम्पन्न भएको छ । मंगलबार नेकपा निकट राष्ट्रिय युवा जनस्वयम सेवक कञ्चनपुरको दोस्रो जिल्ला भेला सम्पन्न भएको हो । 

भेलामा बोल्ने वक्ताहरुले देश परिर्वतनका संम्वाहक युवाशक्ति भएकाले आज देशमा सहि नीति व्यवस्था नभएका कारण उत्पादनशील युवा विदेशीन बाध्य भएको चिन्ता व्यक्त गरिएका छन् । राष्ट्रियतामाथी प्रहार हुँदा पनि सरकार चुप लागेर बसेको बताउदै वक्ताले युवाले राष्ट्रियताका लागि जाग्नुपर्नेमा जोडदिएका छन् । भेलाको नेकपा महाकाली ब्यूरो इन्चार्ज असिनाले उद्घाटन गर्दै माओवादीले परिर्वतनका लागि थालेको क्रान्ति पुरा नभएको बताउदै त्यो युवाको हातमा रहेको बताए । ठुला पार्टीहरुले जनतालाई नाराले झुक्याईरहेको आरोप लगाउदै उनले जनतालाई झुक्याएर देशको भलो नहुने बताए । 

भेलाले भुवन कुँवरकै अध्यक्षमा पुनः १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष मन मोहन जोशी, सचिव नेपाली, कोषाध्यक्ष राजु साउद रहेका छन् । नयाँ कार्य समितिले कञ्चनपुरका युवाका समस्याका साथै राष्ट्रिय, स्थानीय विषयमा काम गर्ने उद्घोष गरेका छन् । हरेक क्षेत्रमा हुने विकृती बिरुद्ध युवाले शसक्त भएर अभियान थाल्ने जनाउदै युवाको हितमा काम गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय युवा जनस्वयम सेवक कञ्चनपुरका नव उपाध्यक्ष मन मोहन जोशीले युवाका समस्या बुझ्दै राष्ट्रियताको क्षेत्रमा युवाले काम गर्ने बताए । उपाध्यक्ष जोशीले महंगी, जुवातास, बढ्दो वेश्यावृति र राष्ट्रियताका विषयमा संघर्ष गर्ने उदघोष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी