२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

शारीरिक रुपले विक्षिप्त भएपनि मानसिक रुपले कुसल छु – बिनोदकुमार श्रेष्ठ

१७ माघ २०७४, बुधबार ०३:२३

प्रिय साथीहरु !!

अभिबादन !!

म शारीरिक रुपले विक्षिप्त भएपनि मानसिक रुपले कुसल छु र तपाईहरुमा पनि कुशलताको हार्दिक आसा राख्दछु !

साथीहरु !!

जब म मेडिकेयर, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र जोरपाटीको बसाई हुदै २०६४ असोजमा घर फर्किए त्यसपछि मलाई के के भयो, मैले के के गरे, के के गरिन ती सब लेख्न असमर्थ छु कारण ती सम्झदानै मेरो मन सिरिङ्ग हुन्छ । बिस्तारै मैले आफुलाई कुहिरोमा हराएको काग जस्तै भेटाए । आझ लगभग १० बर्ष बितेछ । उहीँ पुरानो अतितमा पुगे जब मैले मेरो ढाडकाे अपरेसन गर्नुहुने डाक्टर मोहनराज शर्मा भेट्न पाए ।

तर साथीहरु !! 

अचेल म बदलिएको छु । हामीले परिबर्तनलाई स्वीकार गर्नुपर्ने रहेछ। यो नकार्न नसकिने कुरा हो , संसारलाई यति रमाइलो र सुबिधाजनक बनाएको पनि परिबर्तन ले नै हो ।हामीलाई थाहै छ एक दिन त हामी सबैले यो धर्तिबाट बिदा लिनु पर्दछ तर पनि हामी मृत्यु देखि डरै रहेका छौ । हामी ठान्छौ हाम्रो सन्तति वा जीवन साथी हामी बिना बाच्न सक्दैनन् तर सत्य केहो भने उनीहरु मध्ये कोहि पनि तपाई संगै मर्नेवाला छैनन्। तपाइको अवसानले केहि दिन उनीहरुलाई निरास तुल्याउन सक्छ तर उनीहरु मरिहाल्दैनन । समयले तिनीहरुलाई निरासाबाट मुक्ति दिन्छ अन्तत उनीहरु निरासाबाट आफ्नो गन्तभ्य पथमा अघि बद्छन ।


साथीहरु !! 

दुनिया कुनै पनि यस्तो छैन जसले सम्पूर्ण इच्छा पुरा गर्न सकोस वा जसले मन ले जे चिताए पनि सुख प्राप्त गर्न सकोस । सुख दुख पाउनु भनेको समयको अधिनमा छ । व्यक्तिको अधिनमा होइन। यस संसारमा जन्मलाई मृत्युले जवानीलाई बुढाले सन्तोषलाई असन्तोषले निरोगिलाई रोगले ग्रस्त गरेको छ मानिसका स्वास्थ्यलाई आनेकौ रोग र पीडाले दुखः दिन्छ । यो हाम्रो सरिर पनि अनित्य छ धन पनि स्थिर छैन मृत्यु सधै नजिकै छ । हामीले बितिसकेको बस्तु र कुराहरुको सोच गर्नु हुदैन । भबिस्यमा कस्तो आइपर्छ वा के होला भन्ने चिन्ता पनि लिनु हुदैन। हामीले जुन समयमा जस्तो समस्या आइपर्छ तेस्तै बेहोर्नु पर्दछ । वर्तमान र समय अनुसार चल्न सिक्नु पर्दछ । जे चिज आफ्नो बसमा हुदैन तेसका लागि दुखि नभई सन्तोष लिनु पर्दछ । मानिसले इच्क्षा गर्यो , चाहना राख्यो, संकल्प गर्यो भने संसारमा असम्भब भन्ने कुरा कुनै छैन । अरुलाई नियन्त्रण गर्न पक्कै गार्हो हुन्छ तर आफुलाई नियन्त्रण गर्न कुनै मुस्किल हुदैन । दृढतामा सफलता हुन्छ , शक्तिसाली सोचमा सफलता हुन्छ । त्यसकारण अगाडी बढ्ने प्रयास गर्नुहोस ।।

अन्तमा साथीहरु !! 

आफुलाई यति दह्रो बनाउनुसहोस् कि कुनैपनि कुराले तपाइको सान्तिलाई नबिथलोस, जो संग भेट्दापनि स्वस्थ , सुख र सम्पन्नताको कुरा मात्र गर्नुहोस। आफ्नो साथीलाई तपाई उनीहरुको खुबीको मात्र प्रसंसा गर्नुहुन्छ भन्ने महसुस गराउनुहोस् । प्रत्येक बस्तुको उज्यालो पक्षलाई मात्र हेर्नुहोस । राम्रो मात्रै सोच्नुहोस ! राम्रोको लागि मात्रै काम गर्नुहोस र राम्रोको आसा राख्नुहोस। अरुको सफलतामा उतिकै उत्साही बन्नुहोस तपाई आफ्नोमा बन्ने गर्नुहुन्छ। बितेको बिगत र गल्तीहरुलाई विर्सनुहोस र भबिस्यका सुन्दर प्राप्तिहरुमा यौटै ध्यान लगाउनुहोस । सबै सँग हसिलो मुस्कान बाड्नुहोस  राम्रोको लागि यति समय खर्चानुहोस कि चिन्ताले नसतावस , यति उदार बन्नुहोस कि रिस नआओस ।

उहीँ तपाईहरुको साथी 

बिनोदकुमार श्रेष्ठ 

सिमा पार्टी प्यालेस बसुन्धरा । २०७४/१०/१७


(नाेट : रामेछाप जिल्ला घर भएका  बिनोदकुमार श्रेष्ठले अभिव्यक्त गर्नुभएको मर्मस्पर्शी लेख निजी विचारहरु हुन् जुन सम्पादन गरिएको छैन )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य