१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

१७ माघ २०७४, बुधबार ०६:१५

माघ १७, ललितपुर | सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । 

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको बताउनुभयो । 

अभिभावक संगठनहरु, प्याब्सन र आफन्तहरुले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । हुलियाका आधारमा उनीजस्तै व्यक्ति देखिएको सूचनाका आधारमा गाउँ–गाउँमा समेत खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले बिहीबारदेखि नै दिनरात खोजी गरिरहेका छौँ ।” तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ जानुभएको थियो । साँझसम्म पनि नभेटिएपछि उहाँले परिवारमा खबर गर्नुभयो । 

प्रधानाध्यापक ओलीले जोनले आफूलाई दुःख दिएको भन्दै अर्को  दिन उनी घर फर्किएर आउने बताएको जोनका आफन्त भरत राईले बताउनुभयो । उहाँले भन्नुभयो, “केका आधारमा भोलि आउँछ भनेको हो, त्यो प्रस्ट बताएको छैन ।” 

प्रधानाध्यापकको लापरबाहीका कारण घटना भएको परिवारजनको आरोप छ । उनलाई कारबाही गर्नुपर्ने राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक त विद्यार्थीलाई २४ किलोमिटर हिँडाएर लगेको छ, अर्कातिर कसरी घटना भयो समेत बताएको छैन ।” प्रधानाध्यापक र सँगै गएका अरू विद्यार्थीको भनाइ फरक भएको आफन्तले बताएका छन् । 

‘लास वा सास’ जे भएपनि चाहिने भन्दै चाँडो खोजी गर्न परिवारजनले दबाब दिँदै आएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार